२७ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर समझदारीपत्रमा हस्ताक्षर जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरे संरक्षणको माग गर्दै पदयात्रा, माईतीघर मण्डलामा धर्ना– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । चुरे संरक्षणको लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौं आइपुगेको छ ।

चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीवार काठमाडौं आइपुगेको हो । टोलीले काठमाडौंस्थित माईतीघर मण्डलामा धर्ना शुरु गरेको छ । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको ब्यानरमा चुरे संरक्षण लगायतका विभिन्न माग राखी २५ जनाको टोली काठमाडौं आइपुगेको हो ।

चुरे तथा वनजंगल विनाशको कारणले तराई, मधेसमा नदीको मुहान सुकेर पानीको हाहाकार हुने स्थिति आएको र सिंगो देश नै जलवायु परिवर्तनको चपेटामा परेको भन्दै चुरे संरक्षण अभियान शुरु गरिएको जनाइएको छ । पदयात्रा टोलीले चुरे क्षेत्रमा अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने लगायतका एक दर्जनभन्दा बढी मागहरु अघि सारेका छन् ।  चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिनुपर्ने आफूहरुको माग रहेको बताउनु भयो ।

उहाँले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट राजनीतिक दलको कार्यकर्ता पाल्ने मात्र काम भएको भन्दै राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई स्वतन्त्र बनाउनुपर्ने बताउनु भयो । उहाँले चुरे संरक्षणका लागि छुट्टै चुरे ऐन निर्माण गर्नुपर्ने पनि आफूहरुको माग रहेको स्पष्ट पार्नुभयो । संयोजक यादवले खुला चरिचरण बन्द गर्नुपर्ने पनि माग रहेको जानकारी दिनुभयो । त्यस्तै भुमिहिनको नाममा मासिएको वनजंगलको जग्गा वनमै फर्काउनुपर्ने र वास्तविक दलित, भूमिहिन तथा सुकुम्वासीहरुलाई भूमीको व्यवस्था गर्नुपर्ने पनि बताइएको छ ।

त्यस्तै चुरे क्षेत्रभित्रका नदीनालाबाट हुने अवैध निकासी तथा ढुङ्गा, गिटी, बालुवा र क्रसर उद्योगहरुलाई तत्काल बन्द गरी यस्ता कार्यमा संलग्नहरुलाई कारबाही गर्न पनि माग गरिएको छ ।

धर्नामा रहेकाहरुले आफूहरु तेस्रो पटक चुरे संरक्षणको माग गर्दै पदयात्रामा आएको बताउँदै अब पनि माग पूरा गर्न सरकार गम्भीर नबने संघर्षको कार्यक्रम जारी राख्ने बताएका छन् ।