२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक



अ+ अ-

काठमाडौं । प्रसिद्ध संगीतकार शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक: अ वे टु हेभन’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

मोडल तथा कलाकार छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगी फिल्मको पोस्टर सार्वजनिक गरेकी हुन् ।

छिरिङ ‘टालिदेलक’ अ वे टु हेभन ‘ मा नायीकाका रुपमा अनुबन्धित रहेकी छिन् । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे र सर एडमण्ड हिलारीले देखाएको बाटो पच्छाउदै हिमाल आरोहणमा शेर्पा समुदायको गाथालाई चलचित्र मार्फत बिश्वभर पुर्‍याउन लागिएको चलचित्र निर्माण कम्पनी सौर्य प्रोडक्सनले जनाएको छ ।

सुवर्ण थापाले निर्देशन गर्ने फिल्ममा शम्भुजीत बास्कोटा र सुजन खनालको संगीत तथा पत्रकार समेत रहेका चर्चित ढुंगेलको पटकथा लेखन रहने छ ।

अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै फिल्म निर्माण गर्न लागिएको बुझिएको छ । फिल्मबारे औपचारिक घोषणा भने हुन बाँकि रहेको छ ।

फिल्ममा ‘नाइँ नभन्नु ल ६’ डेब्यु अभिनेता आशीर्वाद क्षेत्री, लाक्पा देन्डी शेर्पा र छिरिङ शेर्पाले अभिनयगर्ने बताईएको छ ।