५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा



अ+ अ-

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले टी–२० विश्वकपको लागि अमेरिका जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले विशेष पहल थालेको छ ।

अमेरिकाबाट भिसा नपाए लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले सन्दीपको भिसाका लागि प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल थालेको हो ।

साथै, क्यानले सन्दीपको भिसा प्रक्रियाका विषयमा अवगत गराउँदै खेलकुद परिषद्मा पत्र पनि पठाएको छ । क्यानको पत्रमा अदालतले सन्दीपको मुद्दामा गरेको फैसला, आइसीसीले सन्दीपलाई विश्वकप खेल्न दिएको अनुमतिपत्र, क्यानले सन्दीपलाई टीममा समावेश गर्न गरेको निर्णयहरु उल्लेख छन् ।

यसैबीच राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल गरिरहेको जनाएका छन् ।

 

लामिछाने, क्यान सचिव पारस खड्का, लामिछानेको वकिल सरोज घिमिरेसहित सांसद शाही बिहान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई भेट्न पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेका थिए । लामिछानेले विश्वकप खेल्ने बाटो खुल्नेमा शाही आशावादी छन् ।

क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् बुधबार आफूले भिसा नपाएको जानकारी दिएका थिए । उनको पोस्ट पछि समर्थकहरुले सन्दीपले भिसा पाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा चर्को माग गरेका छन् ।

बलात्कार अभियोग लागेका लामिछानेले हालै उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।

टी–२० विश्वकप जुन २ देखि सुरु हुँदैछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेलेर विश्वकपको सुरुवात गर्दैछ । यस समूह डी मा नेपाल र नेदरल्यान्ड्ससँगै बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका रहेका छन् ।