२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा



अ+ अ-

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले टी–२० विश्वकपको लागि अमेरिका जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले विशेष पहल थालेको छ ।

अमेरिकाबाट भिसा नपाए लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले सन्दीपको भिसाका लागि प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल थालेको हो ।

साथै, क्यानले सन्दीपको भिसा प्रक्रियाका विषयमा अवगत गराउँदै खेलकुद परिषद्मा पत्र पनि पठाएको छ । क्यानको पत्रमा अदालतले सन्दीपको मुद्दामा गरेको फैसला, आइसीसीले सन्दीपलाई विश्वकप खेल्न दिएको अनुमतिपत्र, क्यानले सन्दीपलाई टीममा समावेश गर्न गरेको निर्णयहरु उल्लेख छन् ।

यसैबीच राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल गरिरहेको जनाएका छन् ।

 

लामिछाने, क्यान सचिव पारस खड्का, लामिछानेको वकिल सरोज घिमिरेसहित सांसद शाही बिहान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई भेट्न पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेका थिए । लामिछानेले विश्वकप खेल्ने बाटो खुल्नेमा शाही आशावादी छन् ।

क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् बुधबार आफूले भिसा नपाएको जानकारी दिएका थिए । उनको पोस्ट पछि समर्थकहरुले सन्दीपले भिसा पाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा चर्को माग गरेका छन् ।

बलात्कार अभियोग लागेका लामिछानेले हालै उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।

टी–२० विश्वकप जुन २ देखि सुरु हुँदैछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेलेर विश्वकपको सुरुवात गर्दैछ । यस समूह डी मा नेपाल र नेदरल्यान्ड्ससँगै बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका रहेका छन् ।