४ पुष २०८२, शुक्रबार
,
Latest
बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना



अ+ अ-

पाल्म बिच । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गर्नुभएको छ । 

फ्लोरिडाको पाल्म बिचमा सोमबार उहाँले कार्यालय स्थापना गर्नुभएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

“पूर्व राष्ट्रपतिको कार्यालयबाट उहाँले पूर्व राष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरु सञ्चालन हुनेछ,” उहाँका सहयोगीहरुले भनेका छन् । 

सो कार्यालयबाट पत्र तथा वक्तव्यहरु आदान प्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायतका कार्यहरु हुने पनि उहाँका सहयोगीहरुले जनाएका छन् ।

त्यसैगरी ट्रम्पको कार्यकालमा भए गरेका कामहरुको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने कार्यमा पनि यस कार्यालयबाट गतिविधिहरु हुने जनाइएको छ ।

नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेका कामहरुप्रति टिप्पणी गर्ने र त्यसका विरुद्धमा जनमत आफ्नो पक्षमा पारिरहने रणनीति पनि यस कार्यालयले अपनाउने अनुमान गरिएको छ । 

“राष्ट्रपति ट्रम्प सधैँ अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उहाँलाई आफ्नो अभिभावक मानेका छन्,” उहाँको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

उहाँको कार्यालयको नामलाई आधार मान्दा उहाँ सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवार बन्नु हुने छैन भनेर भन्न नसकिने टिप्पणी गरिएको छ । तर उहाँ र उहाँका सल्लाहकार तथा सहयोगीहरुले भने यस बारेमा स्पष्ट पारेका छैनन् ।

यही जनवरी २० तारिखमा राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि पूर्व राष्ट्रपति ट्रम्प सोमबारसम्म मौन रहनु भएको थियो । 

सामाजिक सञ्जाल ट्वीटरले समेत उहाँको ट्वीटर खाता खारेज गरिदिएकाले पनि उहाँलाई सार्वजनिक रुपमा टिकाटिप्पणी गर्ने माध्यमको अभाव भएको थियो । 

अमेरिकी संसदमा भएको पछिल्लो हिंसात्मक घटनाको प्रशंसा गर्दै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेपछि ट्वीटरले उहाँको खाता खारेज गरिदिएको हो । 

अनेक विवादका बीच आफ्ना प्रतिस्पर्धी बाइडेनको जितलाई समेत अस्वीकार गर्दै उहाँलाई बधाइ नदिइ ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिनु भएको थियो । 

ह्वाइट हाउस छोडेपनि उहाँले पूर्व राष्ट्रपतिको रुपमा सक्रिय र हस्तक्षेपकारी भूमिका भने खेलिरहनु हुने देखिएको छ ।