• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति ★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु ★   सङ्खुवासभा बाढीपहिरो: १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता ★   नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन: माधवकुमार नेपाल ★   धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो ★   काठमाडौं महानगर बिरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन

ओमानलाई हराउँदै यूएईले एसिया कपमा स्थान बनायो



काठमाडौं । यूएईले एसीसी प्रिमियर कपको फाइनलमा घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै एसिया कपमा स्थान बनाएको छ ।

युएई २०१६ पछि एसिया कपमा पुगेको हो । २०५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बना मात्रै बनायो ।

ओमानका प्रतीक अथभलेले ३० बलमा ४ चौका र ३ छक्कासहित ४९ र खालिद कैलले ३० रन बनाए । अकिब इलियास ७, नसिम खुसी शून्य, जिशान मकसुद १४ र कश्यप प्रजापति १ रन बनाएर आउट भए ।

यूएईका जुनैद सिद्दिकले ३ विकेट लिए । मोहम्मद फारुक र आयन खानले २र२ विकेट लिए ।

ओमानको अल अमरेत क्रिकेट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । यूएईका कप्तान मोहम्मद वासिमले ५६ बलमा ६ चौका र ७ छक्कासहित १०० रन बनाए ।

यस्तै, अलिशान शराफूले ३४ तथा आशिफ खान ३८ रनमा नट आउट रहे ।

युएईले सेमिफाइनल खेलमा नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । ओमानले हङकङलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानले एसिया कप खेल्नेछन् ।