• २९ असार २०८१, शनिबार
  •      Sat Jul 13 2024
  •   Unicode
Logo
Latest
★   योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनको आधारमा मन्त्री चयन गर्ने काँग्रेसको निर्णय ★   जासुसीको आरोप ‘फिर्ता लिन’ अष्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह ★   साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुने ★   मोर्डनकन्या कलेजमा भानुजयन्ती ★   प्रचण्डबाबुको ‘यो मायाले के गर्यो गर्याे’ सार्वजनिक ★   मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह ★   सिमलताल पहिरोः नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि ★   भानुभक्तद्वारा भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धनः पूर्वराष्ट्रपति भण्डारी ★   संरक्षणको पर्खाइमा विराट राजाको दरबार क्षेत्र ★   बैंककमा भानुजयन्तीका

तेक्वान्दोमा नेपाललाई सात पदक



काठमाडौँ । नेपालले सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र एक कास्यसहित सात पदक जितेको छ ।

भारतको गोवामा सम्पन्न प्रतियोगितामा सात खेलाडी सहभागी भएकामा सबैले पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा एक गरी सात पदक जितेको हो ।

पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजङ्ग खड्काले स्वर्ण जितेका हुन् । पुरुष जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे ।

जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यु–१२ एकल पुम्सेमा आभास देवले कास्य प्राप्त गरे । नेपाली टोलीको प्रशिक्षकमा दीपेश जोशी र टोली व्यवस्थापकमा सरिता थापा रहेका छन् ।