३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटी शीर्ष स्थानमा



अ+ अ-

लन्डन । मंगलबार इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी उक्लन सफल रह्यो। यसका लागि उसले वेस्ट ब्रुमलाई ५–० ले हरायो । पहिलो हाफको सुरुआती आधा घण्टामा तीन गोल गरेको सिटीको अब ४१ अंक भएको छ । यो छिमेकी म्यानचेस्टर युनाइटेडको भन्दा एक अंक बढी हो । दुवैले समान १९ खेल खेलेका छन् । पेप ग्वार्डिओलाको सिटीका लागि इलकयी गुन्डोगनले दुई तथा जाओ क्यान्सेलो, रियाड मेहरेज र रहिम स्टर्लिङ एक–एक गोल गरे ।

यस्तै अर्को खेलमा वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई ३–२ ले हराउँदै शीर्ष चारभित्र प्रवेश गर्न सफल रह्यो । सबैखाले प्रतियोगितामा वेस्ट ह्यामको यो लगातार छैटौं जित हो । टोलीले सन् २०२१ सुरु भएयता उत्कृष्ट लय समातेको छ ।

मंगलबारकै अर्को खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–१ ले हरायो भने लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि २–१ को जित रच्न सफल रह्यो ।