२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटी शीर्ष स्थानमा



अ+ अ-

लन्डन । मंगलबार इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी उक्लन सफल रह्यो। यसका लागि उसले वेस्ट ब्रुमलाई ५–० ले हरायो । पहिलो हाफको सुरुआती आधा घण्टामा तीन गोल गरेको सिटीको अब ४१ अंक भएको छ । यो छिमेकी म्यानचेस्टर युनाइटेडको भन्दा एक अंक बढी हो । दुवैले समान १९ खेल खेलेका छन् । पेप ग्वार्डिओलाको सिटीका लागि इलकयी गुन्डोगनले दुई तथा जाओ क्यान्सेलो, रियाड मेहरेज र रहिम स्टर्लिङ एक–एक गोल गरे ।

यस्तै अर्को खेलमा वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई ३–२ ले हराउँदै शीर्ष चारभित्र प्रवेश गर्न सफल रह्यो । सबैखाले प्रतियोगितामा वेस्ट ह्यामको यो लगातार छैटौं जित हो । टोलीले सन् २०२१ सुरु भएयता उत्कृष्ट लय समातेको छ ।

मंगलबारकै अर्को खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–१ ले हरायो भने लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि २–१ को जित रच्न सफल रह्यो ।