१५ श्रावण २०८३, शुक्रबार
,
Latest
अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वरस्थित हवाई विभागको जग्गामा रहेको नर्कटघारीमा आगलागी



अ+ अ-

काठमाडौँ । त्रिदेवीनगर, कोटेश्वरस्थित हवाई विभागको स्वामित्वमा रहेको (भिओआर डिएमई) जग्गामा पलाएको नर्कटघारीमा आइतबार साँझ ६ बजेदेखि शुरु भएको आगलागी अहिले नियन्त्रणमा आएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको सो आगलागी नियन्त्रणको लागि नेपाली सेना, काठमाडौँ र भक्तपुरका दमकलहरुले एक घण्टा लगाएर निभाएका थिए ।

कोटेश्वर चोक नजकिैको ट्राफिक प्रहरी प्रभागसंगै जोडिएको सो जग्गा नेपाली सेनाको हवाई ब्याट्री युनिटले सुरक्षा दिँदै आएको छ ।

आगलागीबाट जनधनको क्षति नभएतापनि सो ठाउँबाट स्थानीय त्रिदेवीनगरका सयौं वासिन्दाहरुले बोरिङ्ग गरेर ल्याएको पिउने पानीको लाइनहरु भने नष्ट भएको छ ।