१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको संसदबाट सांसद र पत्रकारको जुत्ता चोरी



अ+ अ-

एजेन्सी । पाकिस्तानको संसदमा शुक्रबार सांसद र पत्रकारको जुत्ता चोरी भएको छ । पाकिस्तानी मिडिया द एक्सप्रेस ट्रिब्यूनको रिपोर्ट अनुसार सांसद, पत्रकार र संसदका कर्मचारी शुक्रबारको नमाज पढ्न कम्प्लेक्समा रहेको मस्जिदमा गएका थिए ।

मस्जिदबाट बाहिर निस्कँदा उनीहरुको जुत्ता चोरी भएको थियो । चोरहरूले २० जोडी जुत्ता लिएर गए । त्यसपछि सांसद खाली खुट्टा संसदमा फर्किए । राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिकले यस विषयमा छानबिन गर्न आदेश दिएका छन् ।

एक्सप्रेस ट्रिब्यूनका अनुसार संसदमा उपस्थित सुरक्षा अधिकारीहरू नमाजको समयमा आफ्नो स्थानमा तैनाथ गरिएको थिएन । सभामुखको आदेशपछि सहसचिव र वरिष्ठ प्रहरी अधिकारीले यस विषयमा छानबिन गर्नेछन् । सीसीटीभी फुटेजबाट आरोपीको पहिचान गर्ने प्रयास भइरहेको बताइएको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यस चोरीको पछाडि भिखारी माफियाको हात रहेको आशंका व्यक्त गरेका छन् ।