काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले २०२१ जनवरी २६ तारिखमा भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएर भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाउनु भएको थियो ।
उक्त दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरेको थियो । राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदान गरेका छन् ।
सोहि दिन राजदूतले इंडिया हाउसमा स्वागत समारोहको पनि आयोजना गर्नु भएको थियो । समारोहको मुख्य अतिथि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली रहनु भएको थियो । सो समारोहमा नेपालका भूतपूर्व सम्माननीय राष्ट्रपति रामवरण यादवले …Sampark-India-Nepal Alumni NetworkÚ का साथै www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ पनि गर्नुभयो । 
समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उहाँहरुको योगदानलाई सम्मान गरिएको थियो । भारतीय राजदूतावासद्वारा आयोजित ‘ःबष्तचष् त्जचयगनज ःथ ीभलक’ फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र पनि प्रदान गरेको थियो ।









