२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

बुधबार दिनभर कहाँ-कहाँ कसरी लगाइयो कोरोना खोप, हेर्नुहोस् (फोटोफिचर)

बुधबार दिनभर कहाँ-कहाँ कसरी लगाइयो कोरोना खोप, हेर्नुहोस् (फोटोफिचर)
अ अ+ अ-

कोभिड–१९ खोप अभियानअन्तर्गत बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउँदै चिकित्सक । तस्बिर : रोशन सापकोटा, रासस

कोभिड–१९ खोप अभियानअन्तर्गत बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउँदै चिकित्सक । तस्बिर : रोशन सापकोटा, रासस

कोभिड–१९ खोप अभियानअन्तर्गत बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउँदै चिकित्सक । तस्बिर : रोशन सापकोटा, रासस

प्रथम चरणको कोभिड–१९ विरुद्धको खोप लगाउँदै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्मा । तस्बिरः राधिका कँडेल, रासस

काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लागाउँदै चिकित्सक । पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स, शववाहन चालक र सहचालक, स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, वृद्धवृद्धा, कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ । तस्बिर : रोशन सापकोटा, रासस

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा बुधबार कोभिडविरुद्धको खोप उद्घाटन समारोहमा पहिलो कोभिड खोप लगाउँदै कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दास । तस्बिरः मनोज दाहाल, रासस

दमौलीमा बुधबार कोभिड–१९ विरुद्धको खोप लगाउँदै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी । जिल्लाको दश पालिकामा करिब एक हजार सात जना स्वास्थ्यकर्मीलाई उक्त खोप दिने तयारी गरिएको छ । तस्बिरः सानेबहादुर नेपाली, रासस

तनहुँको दमौलीमा बुधबारदेखि शुरु भएको कोभिडविरुद्धको खोप लगाउँदै दमौली अस्पतालका स्वास्थ्यकर्मी पार्वती श्रेष्ठ । पहिलो चरणमा तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । तस्वीर : कृष्ण न्यौपाने, दमौली

तनहुँको दमौलीमा बुधबारदेखि शुरु भएको कोभिडविरुद्धको खोप लगाउँदै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरी । पहिलो चरणमा तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । तस्वीर : कृष्ण न्यौपाने, दमौली

धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. दिवाकर पराजुली बुधबार कोभिडविरुद्धको खोप लगाउँदै । पहिलो चरणमा बागलुङका एक हजार ७१४ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । तस्बिरः तारानाथ आचार्य, रासस

मध्यपुर थिमिस्थित कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा बुधबार कोभिडविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । खोप विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइमा खटिने मजदुरलाई लगाउन सुरु गरिएको छ । तस्बिरः रत्न श्रेष्ठ, रासस

धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. दिवाकर पराजुली बुधबार कोभिडविरुद्धको खोप लगाउँदै । पहिलो चरणमा बागलुङका एक हजार ७१४ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । तस्बिरः तारानाथ आचार्य, रासस

प्रथम चरणको कोभिड– १९ विरुद्धको पहिलो खोप लगाउँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापा । तस्बिरः राधिका कँडेल, रासस

कोभिड–१९ खोप अभियानअन्तर्गत बुधबार शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउने तयारी गर्दै चिकित्सक । तस्बिर : रोशन सापकोटा, रासस

त्रिशूली अस्पताल नुवाकोटका चिकित्सक त्रिशूली अस्पतालमा स्थापना गरिएको ‘खोप केन्द्र’ मा कोरोनाविरुद्धको खोप लगाउँदै । जिल्लाका दुई हजार ४२१ जनालाई पहिलो चरणमा खोप लगाइने भएको छ । तस्बिर : रामहरि न्यौपाने, रासस

मध्यपुर थिमिस्थित कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा बुधबार कोभिडविरुद्धको खोप लगाउने क्रममा स्वास्थ्यकर्मी । तस्बिर : रत्न श्रेष्ठ, रासस

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल । भरत केसी,रासस