• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि…

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी होः सहमहामन्त्री राठोर



बैतडी । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताउनुभएको छ । बैतडीको पाटनमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले कांग्रेसले देश र जनताका लागि राजनीति गरेको बताउनुभयो ।

सहमहामन्त्री राठोरले भन्नुभयो, “जनतालाई अधिकार सम्पन्न बनाउन, दासप्रथा अन्त्य गर्न, रैतीबाट नागरिक बनाउन कांग्रेस खुलेर राजनीतिमा आएको हो । कांग्रस सबै जात, धर्म र वर्गको पार्टी हो । हामी स्थानीय स्रतो परिचालन गर्दै विकासका गतिविधिमा गरिरहेको छौँ ।” उहाँले कांग्रेस विकासको सुत्राधार रहेको बताउनुभयो ।

बिपी कोइरालाको विचार बोकेको पार्टी भएकाले पार्टीभित्र रहेका कमीकमजोरी सुधार गर्दै एकढिक्का भएर लाग्नुपर्नेमा सहमहामन्त्री राठोरले जोड दिनुभयो । उहाँले भन्नुभयो, “टोल र वडाबाटै पार्टीलाई बलियो बनाउनुपर्छ ।”

नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति वीरबहादुर विष्टको अध्यक्षता सम्पन्न कार्यक्रममा उपसभापति खगेन्द्रसिंह धामी, सचिव प्रेम चन्द, सहसचिव दीपेन्द्रबहादुर चन्द, कोषाध्यक्ष चक्रबहादुर चन्द, वडासभापति, पालिकासभापति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य, भ्रातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो । रासस