५ असार २०८३, शुक्रबार
,
Latest
एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी होः सहमहामन्त्री राठोर



अ+ अ-

बैतडी । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताउनुभएको छ । बैतडीको पाटनमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले कांग्रेसले देश र जनताका लागि राजनीति गरेको बताउनुभयो ।

सहमहामन्त्री राठोरले भन्नुभयो, “जनतालाई अधिकार सम्पन्न बनाउन, दासप्रथा अन्त्य गर्न, रैतीबाट नागरिक बनाउन कांग्रेस खुलेर राजनीतिमा आएको हो । कांग्रस सबै जात, धर्म र वर्गको पार्टी हो । हामी स्थानीय स्रतो परिचालन गर्दै विकासका गतिविधिमा गरिरहेको छौँ ।” उहाँले कांग्रेस विकासको सुत्राधार रहेको बताउनुभयो ।

बिपी कोइरालाको विचार बोकेको पार्टी भएकाले पार्टीभित्र रहेका कमीकमजोरी सुधार गर्दै एकढिक्का भएर लाग्नुपर्नेमा सहमहामन्त्री राठोरले जोड दिनुभयो । उहाँले भन्नुभयो, “टोल र वडाबाटै पार्टीलाई बलियो बनाउनुपर्छ ।”

नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति वीरबहादुर विष्टको अध्यक्षता सम्पन्न कार्यक्रममा उपसभापति खगेन्द्रसिंह धामी, सचिव प्रेम चन्द, सहसचिव दीपेन्द्रबहादुर चन्द, कोषाध्यक्ष चक्रबहादुर चन्द, वडासभापति, पालिकासभापति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य, भ्रातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो । रासस