२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.93

Wind: 2.06

Humidity: 49

तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत



file photo
अ+ अ-

काठमाडौँ । सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत भएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको आह्वानमा बसेको बैठकले संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले बताए ।

यस्तै, बैठकले बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे ध्यानाकर्षण गराउने निर्णय भएको महामन्त्री थापाले जानकारी दिए ।

बैठकमा कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।

कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।