२० आश्विन २०८१, आईतवार
,
Latest
दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली प्रकोपका एक साता पछि नेपाल टेलिकमको सन्देश , न प्रकोपलाई न पर्वलाई प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदभित्रै सांसदले सारी तानेपछि…



अ+ अ-

काठमाडौँ । बिहीबार संसदमा हंगामा थियो । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि उनी रोष्ट्रममा जाँदैथिए, तर जान पाएनन् ।

सत्तापक्ष र विपक्षी दलका सांसदहरुका बीचमा धकेलाधकेलको अजस्था पनि सिर्जना भयो । यस क्रममा नेकपा एमालेका नेता केपी ओली र विपक्षी कांग्रेसका नेता धनराज गुरुङबीचको नोकझोँकको त तस्बिर नै सर्वत्र आइ नै सकेको छ ।

संसदभित्रको यो रमाइलोकै बीचमा अर्को पनि एउटा यस्तै दृश्य देखिएको थियो सांसदको सारी तानेको । संसदमै कांग्रेसकी एकजना महिला सांसदले अर्की कांग्रेस सांसदको सारी तानेको पनि स्पष्टै देखिन्थ्यो । यो तास्बिरले पनि आज सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको छ । एकजना महिला सांसद अघि बढ्दै छिन् नाराबाजी गर्न अनि अर्की सांसद उनैको पिछा लाग्छिन र राम्रैसँग सारी तान्न पुग्छिन् ।

सामाजिक सञ्जालमा आज भनिएको छ ‘उहाँहरु माननीय हो कि ताननीय ?’ सो फोटोमा सारीको सप्को तानिरहेको अवस्थामा देखिएकी सांसद हुन्, रमा कोइराला । बिहीबारको बैठकमा तनाव उत्पन्न भएपछि सभामुख देवराज घिमिरेले शुक्रबारसम्मलाई बैठक स्थगित गरेपनि संसदभित्रको तनाव भने बाँकी नै थियो । त्यसैबेला कांग्रेस सांसद कल्पना चौधरी आक्रोशित मुद्रामा देखिएकी थिइन ।

उनले मानौँ कि त्यहाँ अर्का कुनै सांसदलाई हात हाल्न खोजेजस्तो देखिन्थिन् । ठिक त्यसैबेला सांसद चौधरीलाई सांसद् कोइरालाले सारी तानेर रोक्न खोजेकी थिइन् । संसदमा दुइ पक्षका सांसदहरुका बीचमा भनाभन र कतै त धकेलाधकेलको अवस्था पनि सिर्जना भएको थियो । त्यसपछि सांसद चौधरी आक्रोशित भएर अघि बढ्न खोज्दा आफूले रोक्न खोजेको सांसद कोइरालाको भनाई छ ।