१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल

‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
अ अ+ अ-

काठमाडौं। अभिनेता आर्यन सिग्देलको भनाई मान्ने हो भने, उनी नास्तिक पनि होइनन् र एकदम आस्तिक पनि होइनन्। उनी भगवान् बाहिर होइन आफ्नै मनमा छन् भन्ने कुरामा बढी विश्वास गर्छन्। यिनै आर्यन यही जेठ १० गतेबाट रिलिज हुने बहु प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा ब्राह्मण चरित्रमा देखिँदै छन्।

आर्यन ब्राह्मण समुदायको र पिता पण्डित भएता पनि उनमा पूजा पाठको गुण केही थिएन। “म आउट अफ ट्र्याकको मान्छे हुँ। मेरो बुवा पण्डित हुनुहुन्छ। बुवा पण्डित भएता पनि म खासै टिका नलगाउने मान्छे परेँ। म मनमा भएको भगवान् देखाइरहनु पर्दैन भन्ने सोचमा विश्वास राख्छु”, आर्यन भन्छन्।

‘पुजार सार्की’मा देखिने आर्यनको ब्राह्मण लुक उनकै पिताबाट प्रभावित छ। चलचित्रका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए। चलचित्रका पात्रहरू ‘सेटिङ’ गर्ने क्रममा राउतलाई त्यो फोटो याद आयो। अनि आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले। ूमलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुपर्‍यो तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन। निर्देशकले मेरो बुवाको पुरानो फोटो सम्झिएका रहेछन्। उनले त्यो फोटो मागे पछि मैले दिएँ। त्यो फोटो अनुसार मेरो लुक्स ट्राई गर्ने बित्तिकै फाइनल भयो। तर, क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो,” आर्यनले बताए।आर्यनको लुक्स बाहिरिएपछि बुवा समेत खुसी भए। “निकै सुहाएको छ, मेरै कपी गरिछस् भन्नुभयो,” आर्यनले सम्झिए।

यस चलचित्रमा आर्यनको अपोजिटमा अभिनेत्री अञ्जना बराइली छिन् । अञ्जनाले दलित समुदायको प्रतिनिधित्व गर्ने चरित्र निभाएकी छन्। यसमा आर्यन पुजारी छन्। उनको प्रेम अञ्जनासँग हुन्छ। “यस चलचित्रको भूमिकामा मैले पूजापाठ गर्दागर्दै अञ्जनासँग अफेयर हुने हो। मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ। त्यस कारण प्रेम गर्दा पनि म त्यति साह्रो खुल्न पाउँदिनँ र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिन”, आर्यनले कथाबारे बताए।

आफ्नो चरित्र आर्यनका लागि चुनौतीपूर्ण लाग्दो रहेछ। “अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी छ। त्यो हामीले देखिरहेकै कुरा हो। कति घटना अहिले पनि घटिरहेका छन्। कति समाचारमा आए होलान्, समाचारमा नआएका कति घटना होलान्। त्यही परिस्थितिसँग जुधेर चलचित्र अगाडि बढेको छ। यसमा मेरो चरित्र निर्माण निकै चुनौतीपूर्ण थियो,” आर्यन भन्छन् ।

चलचित्र करियरको सुरुवात देखि नै आर्यनलाई ‘लभरब्वाई’ अभिनेताको ट्याग लागेको थियो। उनले चाहेर या नचाहेर सो ट्याग बोकेर दुई दशक लामो समय दर्जनौँ चलचित्रमा काम गरे। करियरको मध्य बिन्दु तिर उनले ‘होमवर्क’ जस्तो अलग विषय र चरित्रमा काम गरेका थिए। तर, सो चलचित्रले भने उनको छवि बदल्न सकेन। उनले ‘पुजार सार्की’बाट आफ्नो छवि बदल्ने कोसिसमा छन्। यो चलचित्र ब्लकबस्टर हुनेमा कुनै शङ्का नमानेका उनले आगामी दिनमा फरक भूमिका गर्न पाउँदा खुसी हुने बताउँछन्। “हामीले यो धारको चलचित्र पनि गर्नुपर्छ र अर्को मूलधारको चलचित्र पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो। दुवैलाई सन्तुलन गरेर अगाडि लैजान सकियो भने उद्योगलाई पनि फाइदा हुन्छ। राम्रो स्क्रिप्ट आयो भने प्रेमकथाको चलचित्र पनि गर्छु। राम्रो तर फरक भूमिकाको स्क्रिप्ट आयो भने त्यसलाई बढी प्राथमिकता दिन्छु,” आर्यनको भनाई छ।

यो चलचित्रले उनको करियरमा केही इँटा थप्नेमा उनी विश्वस्त छन्। चलचित्रकर्मीमा आर्यन केवल प्रेमकथाका मात्र चलचित्रमा काम गर्न रुचाउँछन् भनने मानसिकतालाई ‘पुजार सार्की’ले हटाउनेमा उनी ढुक्क देखिन्छन्। “मलाई फरक चरित्रमा प्रस्तुत गर्न हिचकिचाइरहनु भएका निर्माताहरुलाई यो चलचित्रले उहाँहरूको हिचकिचाहट मेटाइदिन्छ,” उनले दाबीका साथ भने।

‘पुजार सार्की’को ट्रेलरप्रति आफ्ना फ्यानको चासो बढेकोमा आर्यन दङ्ग छन्। “सपिङमा जाँदा होस् अथवा कतै बाटोमा भेटिँदा फ्यानहरूले ‘पुजार सार्की’ र मेरो चरित्रप्रति चासो देखाउनुभएको छ। उहाँहरू उत्साहित भएको पाएको छु,” आर्यनले खुसी साटे। चलचित्र ‘पुजार सार्की’ किन हेर्ने भन्ने प्रश्नमा आर्यन प्रस्ट छन्। “यो चलचित्र दिनेश राउत, विकास सुवेदी, पल शाह, आर्यन सिग्देल र प्रदीप खड्काको विश्वासका लागि पनि हेर्ने हो। के विषय, कुन आइडियामा चलचित्र बनेछ, यी पाँच जना कसरी बाँधिन सके भन्ने चासो हुनेले अवश्य नै यो चलचित्र हेर्नुहुनेछ,” आर्यन भन्छन्, “चलचित्रले जुन विषय उठाएको छ, त्यो सबैले हेर्न जरुरी छ। ३५–४० वर्ष अगाडि हाम्रो समाजको अवस्थिति कस्तो थियो भन्ने पनि थाहा हुन्छ। इतिहास बुझ्न पनि ‘पुजार सार्की’ हेर्नुपर्छ।”

आर्यनका लागि ‘होमवर्क’को चरित्र भन्दा ‘पुजार सार्की’को चरित्र अलिक ‘टफ’ लागेको रहेछ। “यसमा शारीरिक हाउभाउदेखि लिएर लुक्स, सँगसँगै कास्कीकोटको भाषाको सीमा पनि थियो। सबै चिजलाई ‘मर्ज’ गर्दा ‘पुजार सार्की’ अलिक टफ भयो,” उनले भने।