• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   अफगानिस्तान टी–२० विश्वकपको सुपर–८ मा प्रवेश ★   गृहमन्त्री रविका सय दिन : के गरे ? के गर्न सकेनन् ? ★   ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते ★   प्रधानमन्त्री दाहालसँग पाकिस्तानका राजदूत हास्मीको भेटवार्ता ★   ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला ★   बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो, २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ दौडबाट बाहिरियो ★   इंग्ल्याण्डले १९ बलमा ४८ रनको लक्ष्य पछ्यायो, विश्वकपमा सबैभन्दा छिटो रन चेज ★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत

आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६७ औं खेलमा आज मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्दैछ । मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोली आज सिजन दोस्रो पटक आमनेसामने हुँदैछन् । अन्तिम खेलमा लखनउको टोलीले घरेलु मैदानमा ७४ विकेटले जित हात पारेको थियो ।

मुम्बई पहिले नै प्लेअफको दौडबाट बाहिरिसकेको छ । एलएसजीका लागि अझै थोरै आशा बाँकी छ । मुम्बईको १३ खेलमा ४ जित र ९ हारसहित अंक तालिकाको पुछारमा १० औं स्थानमा छ । अर्कोतर्फ लखनउको १३ खेलमा ६ जित र ७ हारबाट १२ अंक छ । टोली तालिकाको सातौं स्थानमा छ ।

हेड टु हेडमा मुम्बईमाथि लखनउ हावी

हालसम्म मुम्बई र लखनउबीच आईपीएलका ५ खेल खेलिएका छन् । जसमध्ये लखनउले ४ खेल जितेको छ भने मुम्बईले
एक मात्र खेल जितेको छ ।

मुम्बईका लागि तिलक वर्मा सर्वाधिक रन स्कोरर

यो सिजन मुम्बईको टोली राम्रो लयमा देखिएन । टिमका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तिलक वर्मा शीर्ष स्थानमा छन् । उनले १३ खेलमा ४१६ रन बनाएका छन् । स्टार फास्ट बलर जसप्रित बुमराह टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले १३ खेलमा २० विकेट लिएका छन् ।

राहुल लखनउका सर्वाधिक रन स्कोरर

एलएसजीका कप्तान केएल राहुल उत्कृष्ट फर्ममा छैनन् तर ४६५ रन बनाएर टोलीका सर्वाधिक स्कोरर हुन् । नविन उल हकले सर्वाधिक १२ विकेट लिएका छन् ।

मुम्बई इन्डियन्सको सम्भावित प्लेइङ-११:

हार्दिक पाण्डेय (कप्तान), इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, तिलक वर्मा, नेहल वढेरा, टिम डेभिड, नामर धीर, जेराल्ड कोएत्जी, पियुष चावला, नुवान थुसारा र जसप्रित बुमराह।

इम्प्याक्ट प्लेयर: रोहित शर्मा।

लखनऊ सुपर जायन्ट्सको सम्भावित प्लेइङ-११:

केएल राहुल (कप्तान र विकेटकीपर), क्विन्टन डी कक, मार्कस स्टोइनिस, क्रुणाल पाण्ड्या, निकोलस पूरन, दीपक हुडा, युधवीर सिंह, अरशद खान, रवि बिश्नोई, नवीन-उल-हक, मोहसिन खान।

इम्प्याक्ट प्लेयर: आयुष बडोनी।