८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई

आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६७ औं खेलमा आज मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्दैछ । मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोली आज सिजन दोस्रो पटक आमनेसामने हुँदैछन् । अन्तिम खेलमा लखनउको टोलीले घरेलु मैदानमा ७४ विकेटले जित हात पारेको थियो ।

मुम्बई पहिले नै प्लेअफको दौडबाट बाहिरिसकेको छ । एलएसजीका लागि अझै थोरै आशा बाँकी छ । मुम्बईको १३ खेलमा ४ जित र ९ हारसहित अंक तालिकाको पुछारमा १० औं स्थानमा छ । अर्कोतर्फ लखनउको १३ खेलमा ६ जित र ७ हारबाट १२ अंक छ । टोली तालिकाको सातौं स्थानमा छ ।

हेड टु हेडमा मुम्बईमाथि लखनउ हावी

हालसम्म मुम्बई र लखनउबीच आईपीएलका ५ खेल खेलिएका छन् । जसमध्ये लखनउले ४ खेल जितेको छ भने मुम्बईले
एक मात्र खेल जितेको छ ।

मुम्बईका लागि तिलक वर्मा सर्वाधिक रन स्कोरर

यो सिजन मुम्बईको टोली राम्रो लयमा देखिएन । टिमका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तिलक वर्मा शीर्ष स्थानमा छन् । उनले १३ खेलमा ४१६ रन बनाएका छन् । स्टार फास्ट बलर जसप्रित बुमराह टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले १३ खेलमा २० विकेट लिएका छन् ।

राहुल लखनउका सर्वाधिक रन स्कोरर

एलएसजीका कप्तान केएल राहुल उत्कृष्ट फर्ममा छैनन् तर ४६५ रन बनाएर टोलीका सर्वाधिक स्कोरर हुन् । नविन उल हकले सर्वाधिक १२ विकेट लिएका छन् ।

मुम्बई इन्डियन्सको सम्भावित प्लेइङ-११:

हार्दिक पाण्डेय (कप्तान), इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, तिलक वर्मा, नेहल वढेरा, टिम डेभिड, नामर धीर, जेराल्ड कोएत्जी, पियुष चावला, नुवान थुसारा र जसप्रित बुमराह।

इम्प्याक्ट प्लेयर: रोहित शर्मा।

लखनऊ सुपर जायन्ट्सको सम्भावित प्लेइङ-११:

केएल राहुल (कप्तान र विकेटकीपर), क्विन्टन डी कक, मार्कस स्टोइनिस, क्रुणाल पाण्ड्या, निकोलस पूरन, दीपक हुडा, युधवीर सिंह, अरशद खान, रवि बिश्नोई, नवीन-उल-हक, मोहसिन खान।

इम्प्याक्ट प्लेयर: आयुष बडोनी।