४ पुष २०८२, शुक्रबार
,
Latest
बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि



अ+ अ-

सियोल । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्स (Samsung Electronics) को गत वर्ष सन् २०२० मा सञ्चालन नाफा दुई अंकले वृद्धि भएको जनाएको छ । सामसुङ (Samsung) ले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड-१९ को महामारीका बाबजूद कम्पनीले कारोबारमा व्यापक सुधार गरेको उल्लेख छ । 

सन् २०२० मा कम्पनीको सञ्चालन नाफा ३२ अर्ब ३० करोड डलर भएको र यो अघिल्लो वर्षको तुलनामा २९.६ प्रतिशतले बढी हो । कम्पनीको इतिहासमै यो चौथो सर्वाधिक बढी नाफा हो । यस्तै, सन् २०२० मा कम्पनीको कूल राजश्वमा २.८ ले वृद्धि भई दुई खर्ब १२ अर्ब डलर पुगेको छ । 

कोभिड-१९ का कारण अनलाइन कक्षाहरु र घरबाटै काम गर्नुपर्ने नियमका कारण पनि विद्युतीय सामानको खरिद व्यापक रुपमा बढेपछि नाफा पनि बढेको कम्पनीले जनाएको छ । यस्तो खरिद खासगरी सन् २०२० को पछिल्ला छ महिनामा व्यापक रुपमा वृद्धि भएको थियो । 

कोरोना महामारीका कारण सन् २०२० को पहिलो छ महिनामा विश्व अर्थतन्त्रमा शिथिलता आएका कारण विद्युतीय उपकरण खरिदमा पनि मन्दीको अवस्था थियो । रासस