२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोटरी क्लब अफ डामे बेल्जियमले अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने



अ+ अ-

काठमाडौं । रोटरी क्लब अफ डामे बेल्जियमका रोटरियनहरुले काठमाडौँको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने भएका छन् ।

रोटरियनहरुको टोलीले बुधबार अस्पतालको भमण गरी सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

रोटरी क्लब अफ डामे बेल्जियमका पूर्व अध्यक्ष जोहनाले यस अस्पतालसंग रोटरियनहरुको भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दे सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

कार्यक्रममा अस्पतालमा मेडिकल निर्देशक डा कैलाश भण्डारीले अस्पतालले उपलब्ध गराएका सेवा संगै सहयोगी सस्थाहरुको सहयोगमा संञ्चालित कार्यक्रमहरु बारे जानकारी गराउनु भएको थियो ।

उहाँले अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रुपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा पूर्व मेडिकल निर्देशक डा. अनिलबहादुर श्रेष्ठ र सञ्चालक समितिका सदस्य डा. प्रमोदबहादुर श्रेष्ठले अस्पतालको स्थापनाको इतिहासदेखि वर्तमान अवस्था र भबिष्यका योजनाहरुका बारेमा जानकारी गराउनुभएको थियो ।