• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

बार्सिलोनालाई घरेलु मैदानमै स्तब्ध पार्दै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा



काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनी क्लब बार्सिलोनालाई ४–१ गोलले पराजित गर्दै एग्रिगेटमा ६–४ को नतिजासहित पिएसजी सेमिफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको दोस्रो लेगमा पिएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले २ तथा ओस्माने डेम्बेले र भिटिन्हाले एक–एक गोल गरे ।

खेलको १२ औं मिनेटमा राफिन्हाले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटका रोनाल्ड अराओले रातो कार्ड खाएपछि बार्सिलोना १० खेलाडीमा समेटियो ।

४० औं मिनेटमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई १–१ को बराबरीमा ल्याए । भिटिन्हाले ५४ औं मिनेटमा गोल गर्दा पिएसजी २–१ गोलले अघि बढ्यो । त्यसपछि ६१ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दा पिएसजी ३–१ गोलले अगाडि रह्यो ।

यस्तै, ८९ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई ४–१ को तथा समग्रमा ६–४ को जितसहित अन्तिम चारमा पुर्याए । अब सेमिफाइनलमा पिएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।