• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित ★   दिनेश कार्तिकले किन अरुको भन्दा फरक हेल्मेट लगाउँछन् ? ★   सरकारसँग काँग्रेसको माग: उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गरियोस् ★   संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह ★   आईपीएलमा तहल्का पिटेका यी ब्याट्सम्यानको भाग्य चम्कियो, टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोलीमा मौका ★   संसदमा कांग्रेसको नाराबाजी कायमै ★   कस्तो छ कोलकाताको प्लेअफ आँकडा ? ★   प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग ★   कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति ★   चितवनमा शल्यक्रियाबिना मुटुको प्वाल टालियो

बार्सिलोनालाई घरेलु मैदानमै स्तब्ध पार्दै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा



काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनी क्लब बार्सिलोनालाई ४–१ गोलले पराजित गर्दै एग्रिगेटमा ६–४ को नतिजासहित पिएसजी सेमिफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको दोस्रो लेगमा पिएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले २ तथा ओस्माने डेम्बेले र भिटिन्हाले एक–एक गोल गरे ।

खेलको १२ औं मिनेटमा राफिन्हाले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटका रोनाल्ड अराओले रातो कार्ड खाएपछि बार्सिलोना १० खेलाडीमा समेटियो ।

४० औं मिनेटमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई १–१ को बराबरीमा ल्याए । भिटिन्हाले ५४ औं मिनेटमा गोल गर्दा पिएसजी २–१ गोलले अघि बढ्यो । त्यसपछि ६१ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दा पिएसजी ३–१ गोलले अगाडि रह्यो ।

यस्तै, ८९ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई ४–१ को तथा समग्रमा ६–४ को जितसहित अन्तिम चारमा पुर्याए । अब सेमिफाइनलमा पिएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।