१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग

प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु
अ अ+ अ-

एजेन्सी । संयुक्त राज्य अमेरिकाको सांसदहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)लाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गिरफ्तारी आदेश जारी गरेमा प्रतिबन्ध लगाउने विचार गरिरहेको अमेरिकी सदनका अध्यक्ष माइक जोनसनले बताउनुभयो ।

“ह्वाइट हाउस नेतृत्वको अनुपस्थितिमा काङ्ग्रेसले आइसिसीलाई यस्तो कदम चाले यसको नेतृत्वले परिणाम भोग्नुपर्ने सुनिश्चित गर्दै प्रतिबन्धसहित सबै सजायका विकल्पहरूको समीक्षा गरिरहेको छ”, अमेरिकी सदनका अध्यक्षले सोमबार एक विज्ञप्तिमा भन्नुभयो । “आइसिसीको इजरायल वा संयुक्त राज्य अमेरिकामा कुनै अधिकार छैन, र आजको आधारहीन र अवैध निर्णयले विश्वव्यापी निन्दाको सामना गर्नुपर्नेछ”, उहाँले थप भन्नुभयो ।

आइसिसीका प्रमुख अभियोजक करिम एए खानले मे २० मा गाजामा हमासविरुद्ध इजरायलको सात महिना पुरानो युद्धका क्रममा मानवता विरुद्ध अपराधको आरोपमा प्रधानमन्त्री नेतान्याहु र इजरायली रक्षामन्त्री योव गालान्ट साथै हमासका तीन शीर्ष नेता–याह्या सिनवर, मोहम्मद देइफ र इस्माइल हानियाह विरुद्ध गिरफ्तारी आदेश आवेदन दायर गर्ने घोषणा गर्नुभएको थियो । रिपब्लिकन सांसदहरूले सोमबार आइसिसीलाई प्रतिबन्ध लगाउन संयुक्त राज्यलाई आह्वान गरे ।

रिपब्लिकन सदन कन्फरेन्सकी अध्यक्ष एलिस स्टेफानिकले न्युयोर्क पोस्टलाई भन्नुभयो, “आइसिसी एउटा अवैध अदालत हो जसले कट्टरपन्थी आतङ्कवादी समूहसँग आफ्नो अस्तित्वको अधिकारको रक्षा गर्ने शान्तिपूर्ण राष्ट्रलाई फसाउने गर्दछ”। घोषणा पश्चात स्टेफानिकले सोमबार बिहान नेतान्याहुसँग भेट गर्नुभएको थियो ।

सदनका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजले एक विज्ञप्तिमा आइसिसीको आदेशलाई “लाजमर्दो र अनुचित” भन्नुभएको छ ।

राज्य सचिव एन्टोनी ब्लिन्केनले इजरायल र हमास बीचको आइसिसी अभियोजक समानतालाई मौलिकरूपमा अस्वीकार गर्ने र यो घोषणाले बन्धक सम्झौता र युद्धविरामको वार्तासमेतलाई जोखिममा पार्न सक्नेमा जोड दिनुभयो । उहाँले संयुक्त राज्य अमेरिका वर्तमान द्वन्द्वभन्दा पहिले नै आइसिसीको यस मामिलामा कुनै क्षेत्राधिकार नभएकोमा स्पष्ट रहेको बताउनुभयो । ब्लिन्केनले भन्नुभयो, “आइसिसी अभियोजक आफँै अर्को हप्ता इजरायलको भ्रमण गर्ने र इजरायली सरकारबाट अनुसन्धानबारे छलफल गर्ने कार्यक्रम तय गरिएको थियो ।”

घोषणाप्रति आफ्नो प्रतिक्रियामा, इजरायली प्रधानमन्त्री नेतान्याहूले भन्नुभयो, “हेगमा अभियोजकले दिएको बेतुक र झुटो आदेश इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीका विरुद्ध मात्र नभई सम्पूर्ण इजरायल राज्यको विरुद्धमा निर्देशित छ । “यो आईडीएफका सैनिक विरुद्ध निर्देशित छ, जो हमासविरुद्ध वीरताका साथ लडिरहेका छन्”, टाइम्स अफ इजरायलमा रिपोर्ट गरिएको भिडियो बयानमा उहाँले भन्नुभयो ।