८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै

आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै
अ अ+ अ-

काठमाडौँ । आईपीएलमा आज पहिलो क्वालिफायर खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुँदैछ । खेल साँझ ७ः४५ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

यो खेल जित्ने टोली सिधै फाइनलमा पुग्ने छ । हार्ने टोलीले फाइनलमा पुग्न क्वालिफायर–२ खेल्ने मौका पाउनेछ ।

केकेआरले दुई पटक आईपीएलको उपाधि जितेको छ । यसले दुई पटक क्वालिफायर–१ खेलेको छ र दुवै पटक खेलसँगै प्रतियोगिता जितेको छ ।

केकेआरले आठौं पटक प्लेअफ खेल्नेछ। फाइनलमा एक पटक, एलिमिनेटरमा दुई पटक र क्वालिफायर–२ राउन्डमा दुई पटक हारेको थियो । केकेआर पहिलो पटक २०११ मा प्लेअफका लागि छनोट भएको थियो र अन्तिम पटक २०२१ मा नकआउट चरणमा पुगेको थियो ।

अर्कोतर्फ सनराइजर्स हैदराबाद सातौं पटक आईपीएलको प्लेअफमा पुगेको छ । टोली पहिलो पटक २०१३ मा प्लेअफमा पुग्यो, जुन टोलीको डेब्यु सिजन थियो । हैदराबाद पछिल्लो पटक २०२० मा शीर्ष ४ मा पुगेको थियो ।

उसको पछिल्लो छ प्लेअफ उपस्थितिहरूमा दुई पटक फाइनलमा पुग्यो । २०१६ मा उपाधि जित्दा २०१८ मा उपविजेता मै चित्त बुझायो । टोली तीन पटक एलिमिनेटरमा र एक पटक क्वालिफायर–२ मा पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो ।

हेड टु हेडमा केकेआर हैदराबादमाथि हावी छ । अहिलेसम्म दुई टोलीबीच २६ खेल भएका छन् जसमध्ये १७ खेलमा केकेआर विजयी भएको छ भने हैदरावादले ९ खेल जितेको छ, अर्थात् टोलीले ३४.६ प्रतिशत मात्रै जितेको छ ।

यो सिजन दुई टोलीबीच एउटा मात्र खेल भएको छ । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा केकेआरले ४ रनले जित हात पारेको थियो । यी दुईबीचको प्रतियोगिताको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

केकेआरका लागि ओपनिङ गर्दा सुनिल नारायण र फिल साल्टले उत्कृष्ट प्रदर्शन गरेका छन् । दुवैले पावरप्लेमा टोलीलाई बलियो बनाएका थिए । टोलीका स्टार खेलाडी फिल साल्टले खेल खेल्ने छैनन् । साल्ट पाकिस्तानविरुद्ध ४ खेलको टी–२० सिरिज खेल्न इङ्ल्यान्ड फर्किएका छन् ।

साल्टको अभावमा टोलीले घाटा बेहोर्नु पर्ने हुन्छ । उनको स्थानमा रहमानुल्लाह गुरबाजले सिजनको पहिलो खेल खेल्नेछन् । मिडल अर्डरमा पनि श्रेयस अय्यरले ठूला इनिङ्स खेलेका छैनन् तर नन स्ट्राइकमा राम्रो साथ दिएका छन् ।

फिनिशरमध्ये आक्रामक आन्द्रे रसेलले यो सिजन डेथ ओभरमा ठूला सट प्रहार गर्ने जिम्मेवारी लिएका छन् । वरुण चक्रवर्तीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

हर्षित राणाले ११ खेलमा १६ विकेट लिएका छन् । सुनिल नारायणले पनि ४६१ रन बनाएर १५ विकेट लिएका छन् ।

अर्कोतर्फ ट्राभिस हेड र अभिषेक शर्माको ओपनिङ जोडीले २०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छन् । दुवैले आक्रामक पारी खेलेका छन् । मध्यक्रममा हेनरिक क्लासेनले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले १३ खेलमा ३ सय ८१ रन बनाएका छन् ।

बलिङमा टी नटराजनले ११ खेलमा १७ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै, कप्तान प्याट कमिन्सले १५ र भुवनेश्वर कुमारले ११ विकेट लिएका छन् । दुई टोलीबीचको खेल उच्च स्कोरिङ हुने अपेक्षा गरिएको छ ।

खेलको दिन अहमदाबादमा तातो हुनेछ । तर, साँझ खेल भएकाले खेलाडीलाई राहत मिल्नेछ । दिनको न्यूनतम तापक्रम ३१ डिग्री रहनेछ । साथै वर्षाको सम्भावना छैन ।

अहमदाबादमा पहिले ब्याटिङ गरेको टोली बोर्डमा ठूलो स्कोर राख्दै खेल जित्न सफल भएको छ । पहिले ब्याटिङ गर्ने टोलीको औसत स्कोर १७० रनको नजिक छ । तर, यो सिजन यस मैदानमा २०० रन पनि पछ्याइएको छ ।

आकाश सफा भएकाले पानी पर्ने खतरा नरहेकोले कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने अपेक्षा गरिएको छ । फास्ट बलरहरूले विकेटबाट राम्रो सहयोग पाउनेछन्, जबकि स्पिनरहरूले पछिको ओभरहरूमा मद्दत पाउनेछन् ।