७ भाद्र २०८३, आईतवार
,
Latest
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनालाई घरेलु मैदानमै स्तब्ध पार्दै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनी क्लब बार्सिलोनालाई ४–१ गोलले पराजित गर्दै एग्रिगेटमा ६–४ को नतिजासहित पिएसजी सेमिफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको दोस्रो लेगमा पिएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले २ तथा ओस्माने डेम्बेले र भिटिन्हाले एक–एक गोल गरे ।

खेलको १२ औं मिनेटमा राफिन्हाले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटका रोनाल्ड अराओले रातो कार्ड खाएपछि बार्सिलोना १० खेलाडीमा समेटियो ।

४० औं मिनेटमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई १–१ को बराबरीमा ल्याए । भिटिन्हाले ५४ औं मिनेटमा गोल गर्दा पिएसजी २–१ गोलले अघि बढ्यो । त्यसपछि ६१ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दा पिएसजी ३–१ गोलले अगाडि रह्यो ।

यस्तै, ८९ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई ४–१ को तथा समग्रमा ६–४ को जितसहित अन्तिम चारमा पुर्याए । अब सेमिफाइनलमा पिएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।