८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 29.08

Wind: 2.57

Humidity: 42

Latest
आगामी बजेटमा मन्त्रालयअन्तर्गत नयाँ योजना थप्ने स्थिति शुन्य जस्तै छः पर्यटनसचिव सिंह ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा आईपीएलमा आज कोलकाता र गुजरात भिड्दै, यस्तो छ हेड-टु-हेड जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा एक लाख ९१ हजार पुग्यो गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु काठमाडौंमा शिक्षकहरुको प्रदर्शन जारी हिमाली याक चौँरीपालन सङ्कटमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदरावादलाई प्ले अफमा पुग्न इलिमिनेट टोली गुजरातको चुनौती



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६६ औं खेलमा आज सनराइजर्स हैदरावादले गुजरात टाइटन्सको सामना गर्दैछ । हैदरावादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ । दुवै टोली यो सिजनमा आज दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा गुजरातले घरेलु मैदानमा ७ विकेटले जित हात पारेको थियो ।

गुजरात पहिले नै प्लेअफको दौडबाट बाहिर छ। हैदरावादको १२ खेलमा ७ जित र ४ हारसहित १४ अंक छ। टोली अंक तालिकाको चौथो स्थानमा छ । अर्कोतर्फ, गुजरात तालिकाको आठौं नम्बरमा छ। टोलीको १३ खेलमा ५ जित र ७ हारबाट ११ अंक छ । टोलीको एक खेल वर्षाका कारण रद्द भएको थियो ।

हेड टु हेडमा गुजरात अगाडि

हैदरावाद र गुजरातबीच हालसम्म आईपीएलमा ४ वटा खेल भइसकेका छन् । जसमध्ये ३ खेल गुजरात र १ खेल हैदरावादले जितेको छ ।

हेडको नाममा सबैभन्दा धेरै रन

यस सिजन हैदरावादका ब्याट्सम्यान राम्रो लयमा छन् । दुई ब्याट्सम्यानले ४०० भन्दा बढी रन बनाएका छन् । जसमा ट्राभिस हेड र अभिषेक शर्मा रहेका छन् । हेड ५३३ रन बनाएर टिमका सर्वाधिक रन स्कोरर हुन् । बलरमध्ये टी नटराजन १५ विकेट लिएका छन् ।

साई सुदर्शन सर्वाधिक रन स्कोरर

यो सिजन जीटी टिमको प्रदर्शन खासै रहेन । साई सुदर्शन र कप्तान शुभमन गिल बाहेक टोलीका कुनै पनि ब्याट्सम्यान राम्रो लयमा छैनन् । टोलीका लागि साई सुदर्शनले सर्वाधिक रन बनाएका छन् । उनले १२ खेलमा ५२७ रन बनाएका छन् । बलिङमा मोहित शर्माले १३ विकेट लिएका छन् ।

सनराइजर्स हैदराबादको सम्भावित प्लेइङ-११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, नितिश रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, शाहबाज अहमद, सनवीर सिंह, भुवनेश्वर कुमार, टी नटराजन, जयदेव उनाडकट, विजयकान्त।

इम्प्याक्ट प्लेयर: अभिषेक शर्मा।

गुजरात टाइटन्सको सम्भावित प्लेइङ-११:

शुभमन गिल (कप्तान), साई सुदर्शन, डेभिड मिलर, शाहरुख खान, म्याथ्यु वेड (विकेटकिपर), राहुल तेवाटिया, राशिद खान, नूर अहमद, उमेश यादव, मोहित शर्मा र कार्तिक त्यागी।

इम्प्याक्ट प्लेयर: सन्दीप वारियर।