१२ श्रावण २०८३, मंगलवार
,
Latest
लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षका दिन उत्सवमय चहलपहल, गृहमन्त्रीले चालक र यात्रुलाई मिठाई बाँडे



अ+ अ-

काठमाडौँ । नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् ।

नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ । वसन्त ऋतुको मौसम घुमफिरका लागि प्रतिकूल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ ।

पोखरा, लुम्बिनी, इलाम, मुक्तिनाथ, रारा ताल, शैलेश्वरीलगायतका धार्मिक र पर्यटकीय क्षेत्रमा चहलपहल बढेको जिल्लास्थित समाचारदाताले जनाएका छन् ।

आज बिहानैदेखि घरघरमा पूजाआजासहित आराध्यदेव पशुपति मन्दिरलगायत देवस्थलमा पूजाआजा र दर्शन गर्नेको घुइँचो देखिएको छ । भृकुटीमण्डप खेल उद्यान र विभिन्न उद्यान, सपिङ मल तथा रेष्टुराँमा चहलपहल बढेको छ । आजैदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ खुला हुने घोषणाका कारण त्यस क्षेत्रमा उत्साह छाएको छ ।

नयाँ शैक्षिकसत्र सुरु हुन बाँकी रहेकोले परिवारसहित घुमफिर गर्ने धेरै देखिएका छन् । नयाँ वर्षका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतले स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

उपप्रधानमन्त्री लामिछानेको मिठाई

नयाँ वर्षकै अवसरमा आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सडकबाट वर्षको सुरुआत गर्नुभएको छ । उहाँले आज बिहान थापाथलीस्थित चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर शुभकामनासहित सुरक्षित यात्राको कामना गर्नुभयो ।

सो अवसरमा उहाँले जिम्मेवारीमा रहेका प्रहरीलाई नागरिकप्रति सभ्य व्यवहार गरेर काम गर्न निर्देशन दिनुभएको थियो ।




भर्खरै