६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखद्वारा नयाँ वर्षको शुभकामना



file photo
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८१ ले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप तथा भाइचारा सम्बन्ध विकासमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नयाँ वर्ष २०८१ प्रारम्भ भएको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरले नयाँ वर्षमा नयाँ जोस, जाँगर, उमङ्ग र उत्साहका साथ समृद्धि, सुशासन तथा मुलुकको नवनिर्माणमा जुट्न हार्दिक अपिल गर्नुभएको छ ।

“जबसम्म मुलुकमा आर्थिक, सामाजिक, भौतिकसँगै नागरिकको जीवनस्तर उकासिँदैन तबसम्म देश समृद्ध भएको मानिँदैन,” शुभकामना सन्देशमा उल्लेख छ, “व्यक्तिगत सुख, समृद्धि र रोजगारीका लागि ठूलो सङ्ख्यामा युवाहरू प्रवासी जीवन रोज्न बाध्य बनिरहेको विद्यमान अवस्थामा राजनीतिक नेतृत्वले जनतालाई केन्द्र बनाएर नीति र योजना बनाउन जरुरी छ ।”

लोकतन्त्रको प्रवद्र्धन र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न नेपालले प्राप्त गरेका सफलता विश्वमा नै उदाहरणीय रहको र अब मुलुकलाई विकास र समृद्धिको युगतर्फ अगाडि बढाउन राजनीतिक दलहरूबीच उच्चस्तरीय समझदारी, आवश्यक विवेक र क्षमता प्रदर्शनको प्रयत्न अपेक्षित रहेको सभामुख घिमिरेको सन्देशमा उल्लेख छ । विकास, समृद्धि र सुशासनका पक्षमा नेपालको सङ्घीय संसद् गुणस्तरीय कानुन निर्माणमा सदैव प्रयत्नशील रहेको सन्देशमा उल्लेख छ ।

“हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुक हो, हामी पारस्परिक एकता, सहिष्णुता र मेलमिलापका साथ संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा छौँ,” सभामुख घिमिरेको सन्देशमा उल्लेख छ, “संविधान जारी भएपछि दुईपटक तीनै तहका निर्वाचन सम्पन्न भए पनि विकास, स्थायित्व र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनालाई मूर्तरूप दिन अझै उच्चस्तरको प्रयास गर्नुपर्ने देखिएको छ ।” रासस