१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखद्वारा नयाँ वर्षको शुभकामना



file photo
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८१ ले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप तथा भाइचारा सम्बन्ध विकासमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नयाँ वर्ष २०८१ प्रारम्भ भएको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरले नयाँ वर्षमा नयाँ जोस, जाँगर, उमङ्ग र उत्साहका साथ समृद्धि, सुशासन तथा मुलुकको नवनिर्माणमा जुट्न हार्दिक अपिल गर्नुभएको छ ।

“जबसम्म मुलुकमा आर्थिक, सामाजिक, भौतिकसँगै नागरिकको जीवनस्तर उकासिँदैन तबसम्म देश समृद्ध भएको मानिँदैन,” शुभकामना सन्देशमा उल्लेख छ, “व्यक्तिगत सुख, समृद्धि र रोजगारीका लागि ठूलो सङ्ख्यामा युवाहरू प्रवासी जीवन रोज्न बाध्य बनिरहेको विद्यमान अवस्थामा राजनीतिक नेतृत्वले जनतालाई केन्द्र बनाएर नीति र योजना बनाउन जरुरी छ ।”

लोकतन्त्रको प्रवद्र्धन र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न नेपालले प्राप्त गरेका सफलता विश्वमा नै उदाहरणीय रहको र अब मुलुकलाई विकास र समृद्धिको युगतर्फ अगाडि बढाउन राजनीतिक दलहरूबीच उच्चस्तरीय समझदारी, आवश्यक विवेक र क्षमता प्रदर्शनको प्रयत्न अपेक्षित रहेको सभामुख घिमिरेको सन्देशमा उल्लेख छ । विकास, समृद्धि र सुशासनका पक्षमा नेपालको सङ्घीय संसद् गुणस्तरीय कानुन निर्माणमा सदैव प्रयत्नशील रहेको सन्देशमा उल्लेख छ ।

“हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुक हो, हामी पारस्परिक एकता, सहिष्णुता र मेलमिलापका साथ संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा छौँ,” सभामुख घिमिरेको सन्देशमा उल्लेख छ, “संविधान जारी भएपछि दुईपटक तीनै तहका निर्वाचन सम्पन्न भए पनि विकास, स्थायित्व र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनालाई मूर्तरूप दिन अझै उच्चस्तरको प्रयास गर्नुपर्ने देखिएको छ ।” रासस