• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न: संक्रमणकालिन न्याय सम्बन्धि विधेयक कहाँ छ ?



काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संमणणकालीन न्यायसम्बन्धि विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आफैले प्राथमिकतामा राखेका छु भनेर घोषणा गरेको सो विधेयक कहाँ छ ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न समेत गर्नुभयो । अध्यक्ष साहले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री बन्ने क्रममा संक्रमणकालिन न्याय सम्बन्धि विधेयक र संवैधानिक परिषद् लगायतका विधेयकलाई उच्च प्राथमिकता दिएर छिट्टै पारित गर्ने बताएपनि सो अनुसार काम हुन नसकेको बताउनु भयो । उहाँले विषय विज्ञहरुलाई सांसदको स्वकिय सचिव नदिएकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।

अध्यक्ष साहले भन्नुभयो, ‘अहिले संसदको विधेयक अधिवेशन करिवकरिव अन्तिम चरणमा छ । केही दिन पछि यो विधेयक अधिवेशनको अन्त्य हुन्छ । र हामी जनतामा जान्छौं । आफ्नो निर्वाचन क्षेत्रमा जान्छौ । हामी भन्न चाहन्छौ कि जनताको माझमा हामीले के भन्ने ? संसदको यो अवधिमा हामीले के गर्‍यौं ? के काम गर्‍यो भनेर सुनाउने सभामुख ज्यु । सोध्न चाहन्छु म । झन्डै निर्वाचन यता झन्डै एक वर्ष भईसक्यो । ३ वटा अधिवेशन भयो । तर अहिलेसम्म हामीले चार वटा विधेयकमात्रै पास गरेका छौं । त्यो पनि केही दफा संशोधनको निम्ति आएको विधेयक पारित गर्‍यौ । त्यो पनि राष्ट्रिय सभाबाट विगतकै अवधिमा उत्पति भएका विधेयकहरु पारित गर्‍यौं ।’

‘यही सुनाउन जाने जनतामा ? एक वर्षको ३ अधिवेशनमा चार वटा विधेयक पारित गर्‍यौँ भनेर सुनाउन जाने ? जम्मा सरकारले १९ वटा विधेयक ल्याएको देखियो । हामी सांसदहरुले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावको पनि महत्व पाएन । विशेष प्रश्तावले पनि महत्व पाएन । विधेयकको कुरै छोडिदिउँ सभामुख ज्यु । र सरकारले भनेको उच्च प्राथमिकताका विधेयकहरु कहाँ छन् ? हामी जान्न चाहन्छौं । प्रधानमन्त्री बनिराख्दा सम्माननीय प्रधानमन्त्रीजीले त्यतिखेर भन्नुभएको थियो–संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक, संवैधानिक परिषदसँग सम्बन्धित विधेयक जस्ता महत्वपूर्ण विधेयक उच्च प्राथमिकता छन् । र छिट्टै पारित हुन्छ भन्नु हुन्थ्यो । ती विधेयकहरु कहाँ छन ? भन्न चाहन्छौं । जनतालाई हामीले के भन्ने । के हामीले यो संसदलाई साँच्चनै प्रभावकारी बनाईराखेका छौं ? सांसदलाई हामीले स्वकीय सचिव दिइराखेका छौँ । ’

अध्यक्ष साहले सांसदहरुले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रश्ताव र विशेष प्रश्तावलाई समेत संसदले महत्व नदिएको गुनासो गर्नुभयो ।