१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाका तीन बस्ती अन्धकारमा



file photo
अ+ अ-

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई र सिमकोट गाउँपालिकाको एउटा बस्ती आइतबारदेखि अन्धकारमा छन् ।

नाम्खा–३ को लामाखोल्सी र खगालगाउँ तथा सिमकोट गाउँपालिका–८ खोल्सी गाउँ लामाखोल्सी र खगालगाउँ बीचको खोलामा रहेको विद्युत गृहमा मेसिनको फित्ता चुँडिदा विद्युत् सेवा अवरुद्ध भएको हो ।

फित्ता चुँडिएर विद्युत् सेवा अवरुद्ध भएसँगै तीन बस्तीका झण्डै दुई सय ८० परिवार अन्धकारमा बस्न बाध्य भएको नाम्खा–३ खगालगाउँका रिक्जिन लामाले बताउनुभयो । आइतबार साँझ फित्ता चुँडिदा यहाँका बासिन्दा बिजुलीबाट वञ्चित छन् । खगालगाउँमा ९०, लामाखोल्सीमा ३० तथा सिमकोट– ८ को खोल्सी गाउँमा एक सय ६० परिवारको बसोबास छ । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले चँुडिएको फित्ता मर्मतका लागि पहल भइरहेको बताउनुभयो ।

तीन बस्तीका लागि २८ किलोवाट क्षमताको छोइपुग लघुजलविद्युत् आयोजना निर्माण गरिएको थियो । विद्युत् सेवा अवरुद्ध हुँदा विद्युतीय माध्यमबाट सञ्चालित सम्पूर्ण कार्य प्रभावित भएका छन् । स्थानीयले सल्लाको दियालो (झोरो) को प्रयोग गर्नुपर्ने बाध्यता छ । यहाँ हिल्दुम जलविद्युत् आयोजनाको लाइन विस्तार हुन नसक्दा समेत समस्या भएको उपाध्यक्ष लामाले बताउनुभयो ।