१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातलाई १८ रनले हराउँदै नेपालले जित्यो उपाधि



अ+ अ-

काठमाडौँ । नेपालले त्रिकोणत्मक फ्रेन्डसिप कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा गुजरातलाई १८ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

१७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान उमंग रोहितकुमारले सर्वाधिक ४० रन बनाए । आर्य देशाईले ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५–१५ रन बनाए ।

नेपालका अभिनाश बोहराले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र कुशल मल्लले १–१ विकेट लिए ।

त्यसअघि गुजरातको वापीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ७४ रनको योगदान दिए । यस्तै, कुशल मल्ल १३ बलमा ३१ तथा सन्दीप जोरा ३ बलमा ७ रनसहित अविजित रहे । यस्तै, कुशल भुर्तेलले १९, आसिफ शेखले ३४ रनको योगदान दिए ।

बलिङतर्फ गुजरातका जयमित पटेल, सिन पटेल, तेजस पटेल र जाला युवराजसिंहले १–१ विकेट लिए ।