११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.78

Wind: 1.03

Humidity: 43

Latest
एमालेले आज काठमाडौंमा युवा महोत्सव गर्दै, एक लाख सहभागी हुने दाबी आतंकवादी हमलामा कश्मीरमा मारिएका सुदीपको शव ल्याइयो ‘हिमालहरूमा जीवन छैन’ आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेश्नल ग्रल्स आइसिटी डे’ पहलगाममा भएको आतंकवादी हमलाको राप्रपाद्वारा निन्दा पाकिस्तानी सुरक्षा कूटनीतिज्ञलाई भारत छाड्न आदेश, सिन्धु जल सम्झौता स्थगन यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर आफैंले लडेर ल्याएको व्यवस्थामा अलोकतान्त्रिक नेतृत्वविरुद्ध संघर्ष राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई गगनको पत्र–यस्तो गल्ती नगर्नुहोस् !



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी नियुक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई खुला पत्र लेख्नु भएको छ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा रेक्टर र रजिस्ट्रारसहितका पदाधिकारी नियुक्तिलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री खुला पत्र लेख्नु भएको हो ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत सांसदसमेत रहेका थापाले त्रिविका उपकुलपतिले दलीय प्रभावबाट अलग रहेर रेक्टर र रजिस्ट्रारलगायतका पदाधिकारी नियुक्ति अगाडि बढाउन खोजेको तर उनको प्रयासलाई प्रधानमन्त्रीले रोकेको खबरबारे ध्यानाकर्षण गराउनु भएको छ ।

पत्रमा भनिएको छ “ूप्रधानमन्त्रीज्यू, विनम्रतापूर्वक आग्रह छ, फेरि यस्तो गल्ती नगर्नुहोस् । यो गल्ती सच्याउने मौका हो, विश्वविद्यालयलाई दलीय भागबन्डाको दलदलबाट निकाल्ने मौका हो, प्रक्रियालाई अवरोध होइन, कुलपतिको हैसियतले सहजीकरण गर्नुहोस् ।’

पत्रको पूर्णपाठ

सम्माननीय प्रधानमन्त्रीज्यू,

स्वीकार्नै पर्छ, हाम्रै व्यवस्थापकीय कमजोरीका कारण हाम्रा विश्वविद्यालय दलीयकरणको दुष्चक्रमा फसेर थला परेका हुन् । त्यो कमजोरी सच्याउने जिम्मेवारी हाम्रै हो । यही सोंचका साथ केही समयदेखि विश्वविद्यालयलाई दलीयकरणको दलदलबाट निकाल्न प्रयास गर्दै आएका छौं । यसका निम्ति हालका कानून बदल्नुपर्छ, भन्नेमा प्रष्ट छौं, सरकारले ल्याउने उच्च शिक्षा सम्बन्धि विधेयकमा संसदमा काम गर्नु पर्ने छ, गर्ने नै हो । तर, ती कानून बन्नुभन्दा अगाडि विश्वविद्यालयहरूमा जति पनि नियुक्ति हुन्छन दलीय भागबण्डाबाट मुक्त भएर गरियोस् भन्ने कुरामा हाम्रो प्रयास निरन्तर छ ।

यसपटक त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया बदल्न हामीले गरेको वकालत र प्रयासमा तपाईं अनविज्ञ हुनुहुन्न । यद्यपि त्रिवि उपकुलपतिको नियुक्ति प्रक्रिया जुन ढङ्गले गरियो त्यसमा हाम्रो प्रश्न नै रह्यो । तर, अहिले त्रिविका उपकुलपति स्वयंले दलीय प्रभावबाट अलग रहेर प्रचलित कानून बमोजिम रेक्टर र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्ति अगाडि बढाउन खोजेको देख्दा केही आशा पलाएको थियो । तर, त्यो प्रयासलाई पनि तपाईंले रोक्नुभयो भन्ने खबर छ ।

प्रधानमन्त्रीज्यू, विनम्रतापूर्वक आग्रह छ, फेरी यस्तो गल्ति नगर्नुहोस् । यो गल्ति सच्याउने मौका हो, विश्वविद्यालयलाई दलीय भागबण्डाको दलदलबाट निकाल्ने मौका हो, प्रक्रियालाई अवरोध होइन कुलपतिको हैसियतले सहजिकरण गर्नुहोस् ।