• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

जनता समाजवादी पार्टीको बैठक बस्दै, समानुपातिक सांसद छानिने



काठमाडौं । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । अहिले केहीबेरमा पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्ने बैठकले समानुपातिक सांसद् चयन गर्ने छ ।

प्रतनिधिसभामा समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि जसपाले सांसद चयन गर्न लागेको हो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् । उनको यही चैत ४ गते काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

जसपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीको मुस्लिम महिला क्लस्टरको तेस्रो नम्बरमा बाँकेकी हसिना खानको नाम रहेकाले उनकै नाम सिफारिस हुने छ । २७ वर्षीय हसिना यो क्लस्टरको अन्तिम नाम हो । यसैगरी बैठकमा उपनिर्वाचन, राष्ट्रिय महाधिवेशन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।