२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानले आफ्ना नागरिकलाई भन्यो ‘नेपालका कुनै पनि राजनीतिक गतिविधिमा सामेल नहुनु’



अ+ अ-

टोकियो । जापानले नेपालमा भएका पछिल्ला राजनीतिक गतिविधिहरु प्रति चासो राख्दै आफ्ना नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरेको छ । 

नेकपाका दुवै पक्ष (ओली र दाहाल-नेपाल समूह) को आयोजनामा पछिल्लो समय नेपालका विभिन्न ठाउमा भैरहेका प्रदर्शन र सभा सम्मेलनहरु बारे जापानको विदेश मन्त्रालयले अघिल्लो महिना देखिनै नियमित सूचना जारी गर्दै नागरिकहरुलाई सुरक्षित रहन र कुनै पनि माध्यमबाट राजनीतिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो । 

छोटो समयका लागि नेपालमा रहेका वा नेपालमै बसोबास गरिरहेका जापानी नागरिकहरु त्यहाँका राजनीतिक गतिविधिमा संलग्न हुनु नियमसंगत नहुने भन्दै  मन्त्रालयले यस्तो भएमा प्रहरीले पक्राउ गर्न सक्ने भन्दै आफ्ना नागरिकलाई सचेत गराएको हो ।

विदेश मन्त्रालयले फेब्रुअरी ३ मा जारी गरेको सूचनामा १० गते संबैधानिक नियुक्त्तिका बिरुद्द दाहाल-नेपाल समुहले काठमाडौंमा बिरोध परदर्शन गर्न लागेको जनाएको छ । त्यस्तै ४ तारिख सूचना जारी गर्दै ५ गते ओली समुहले काठमाडौंमा भेलाको आयोजना गरेको र दुवै समूहबीच झडप हुन सक्ने सम्भावना समेत रहेकाले आफ्ना नागरिकहरुलाई सुरक्षित रहन र घटनाक्रमहरु बारे नियमित अपडेट भैरहन आग्रह गरेको छ । 

यस अघि नुवाकोटमा भएको घटनाबारे उल्लेख गर्दै बिदेश मन्त्रालयले भनेको छ 'अरु ठाउँहरुमा पनि दुई पक्षबीच झडपको सम्भावना रहेकाले सजक रहनुहोला'। जापानको बिदेश मत्रालयले यस्ता प्रदर्शनले कोरोना सक्रमणको जिखिमलाई बढवा दिने बताउँदै आफ्ना नगरिकहरुलाई यस्ता भिडभाडबाट टाढा रहन समेत आग्रह गरेको छ । 

यस्ता प्रदर्शन भविष्यमा पनि नियमित हुने सम्भावना देखिएकाले नेपालमा रहेका जापानी नागरिकहरुलाई दुतावासको सम्पर्कमा आउन आग्रह गरेको छ । उसले भनेको छ 'हामी नेपालमा बसोबास गरिरहेका सम्पूर्ण नागरिक (जापानी) लाई दुतावासको सम्पर्कमा आउन आग्रह गर्दछौँ' ।