२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, छिमेकी देशहरुमा समेत सुनामीको चेतावनी



तस्विर : बीबीसी
अ+ अ-

काठमाडौं । ताइवानको राजधानी ताइपेमा ७ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । यो २५ वर्षयताकै शक्तिशाली भूकम्प भएको अधिकारीहरुले जनाएका छन् ।

पूर्वी तटीय क्षेत्रमा आज बिहान गएको भूकम्पका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । सामाजिक सञ्जालमा सेयर भएका भिडियोहरूमा केही भवन तथा सडकहरु भत्किएको देखिन्छ । भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो ।

भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । शक्तिशाली भूकम्पपछि पनि साना ठूला परकम्पहरु आइरहेका छन् । एउटा शक्तिशाली परकम्प ६ दशमलव ५ म्याग्निच्युडको गएको थियो ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण आउन बाँकी छ ।