२८ मंसिर २०८२, आईतवार
,
Latest
गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किन चाहे निवेदन दिनुपर्छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छ: मन्त्री बस्नेत



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राख्नु भएको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री बस्नेतले नेपालको जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको संलग्नता रहेको उल्लेख गर्दै विशेष प्राथमिकता भने स्वदेशी निजी क्षेत्रलाई दिइएको स्पष्ट पार्नुभयो । उहाँले नेपालको संविधानले समृद्धिका लागि निजी क्षेत्र, सहकारी क्षेत्र र सरकारको भुमिकाको स्पष्ट व्यवस्था गरेकाले सोही अनुसार लगानीको व्यवस्था गरिएको पनि स्मरण गराउनु भयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘सरकारले काम गर्ने भनेको सरकारको निम्ति मुल निर्देशक सिद्धान्त भनेको संविधाननै हो । संविधानले गरेको व्यवस्था नै हो हरेक सरकारका लागि संविधानले व्यवस्था गरे बमोजिम संविधानले व्यवस्था गरेको नीति, निर्देशन, निर्देशक सिद्धान्तहरु, अन्य कानूनी व्यवस्थाहरु जे छन्, त्यो द्धारा नै सरकार निर्देशित हुने हो । अव अहिले हाम्रो संविधानले हामीलाई गरेको मार्गदर्शन, अहिलेको संवैधानिक व्यवस्था भनेको सरकार, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सहकारी क्षेत्रको साझेदारीमा आर्थिक विकास र समृद्धिको यात्रा गर्ने र समृद्धि हासिल गर्ने जो हाम्रो संवैधानिक व्यवस्था छ ।’

‘त्यो संवैधानिक व्यवस्थाको मार्गदर्शनमा नै सरकारले काम गर्दछ पहिलो । त्यसकारणले यो जलविद्युतको क्षेत्रपनि त्यसको अपवाद हुने कुरा भएन । र हामीले यो संवैधानिक मार्गदर्शन भित्र रहेर नै सरकाले काम गरिराखेको छ । यसमा निजी क्षेत्र, सामुदायिक क्षेत्र र सरकारको पनि भुमिका छ । स्वदेशी, विदेशी दुवै निजी क्षेत्रको सहभागिता रहेको छ । र सरकारले स्वदेशी निजी क्षेत्रलाई फेरि विशेष प्राथमिकतामा राखेर व्यवहार गर्ने गरिराखेको छ । यो कुरा म राख्न चाहन्छु ।’

मन्त्री बस्नेतले जलविद्युतको विकासमा नेपालले केही वर्ष भित्र फड्को मार्ने दाबी समेत गर्नुभयो ।