२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेका असन्तुष्टिलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान सकिन्छ: महासचिव चन्द



अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिलेका असन्तुष्टिहरुलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले गणतन्त्रबाट विभिन्न उपलब्धि प्राप्त भएपछि पूर्ण हुन नसकेको जिकिर गर्नुभयो ।

उहाँले समाजवादीहरु, कम्युनिष्टहरु, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बीचमा स्थापित गर्ने ? जनतालाई कसरी सुरक्षित गर्ने ? भन्नेकुरा मुल कुरा बनाएर अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले समाजवादी मोर्चाले अस्थिरता ल्याउने नभइ स्थिरतातिर देशलाई अघि बढाउने दाबी गर्नुभयो । उहाँले आज भइरहेका असन्तुष्टिहरु, समस्याहरुलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढंगले समाधान गर्न समाजवादी मोर्चाले भुमिका खेल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले विभिन्न उपलब्धि हाँसिल गरेको कुरा साँचो हो तर पूर्ण भएका छैनन् । पूर्ण नहुनुको अर्थ यो पनि हो की मानव जाति चुप लागेर कोही बस्दैनन् । श्रमीकहरु, उत्पीडितहरु, अधिकारको खोजि गर्ने शक्तिहरु कोही पनि चुप लागेर बस्दैनन् । प्रवृत्तिहरु बीचको टकराव हुनु स्वभाविक हो । हामी समाजवादीहरु, कम्युनिष्टहरु, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बीचमा स्थापित गर्ने ? जनतालाई कसरी सुरक्षित गर्ने ? यो विषयमा हाम्रो समाजवादी मोर्चाले एउटा स्पष्ट दृष्टिकोण दिएको छ की आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव छ । यसको मतलव आजकोलाई भत्काएर फाल्ने भनेको होइन, यहाँ केही बाहिर भाष्यहरु गलत ढंगबाट आइरहेका छन् । त्यसले अस्थिरता ल्याउँछ । समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ की भन्ने आदि इत्यादिका तर्कहरु पनि हामी सुन्ने गर्दछौँ । होइन त्यो कुरा । अस्थिरतालाई स्थिरतातिर बदल्ने कुरा हामी गर्छौं । आज भइरहेका असन्तुष्टिहरु, समस्याहरुलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढंगले समाधान दिनेकुरा हो ।’

नेपालका कानूनी, प्रशासनिक, रोजगारी, उद्योग लगायतका क्षेत्रका समस्याहरुको पहिचान गरी समाधान गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा नयाँ शासन व्यवस्था, अर्थ व्यवस्थाको बहसबारे छलफल हुनुपर्ने बताउनु भयो ।