४ पुष २०८२, शुक्रबार
,
Latest
बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारमा  ट्विटर र इन्स्टाग्राममा समेत प्रतिबन्ध



अ+ अ-

काठमाडौं । म्यानमारमा  ट्विटर र इन्स्टाग्राम प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ । सैन्य कूको विरोधमा आन्दोलन चर्किएसंगै यसअघि फेसबुक एप्स ब्लक गरिएको थियो ।  

सैन्य कूको विरोध गरिरहेका मानिसहरू विरोध प्रदर्शनको भिडियो एवं तस्वीरहरू सामाजिक सञ्चालमा पोस्ट गर्दै आएका थिए भने कतिपयले सोही माध्यममार्फत समर्थन जनाउँदै आएका थिए । 

शुक्रबार म्यानमारको सञ्चार मन्त्रालयले देशमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रदायकहरूलाई ट्विटर र इन्स्टाग्राम ब्लक गर्न निर्देशन दिएको थियो । सार्वजनिक हितको नाममा सामाजिक सञ्जाल एप्सलाई शनिबार ब्लक गरिएको हो । 

नर्वेजियन कम्पनी टेलिनरलाई उद्धृत गर्दै सीएनएनले यसबारे उल्लेख गरेको छ । टेलिनर त्यही कम्पनी हो, जसले म्यानमारमा पनि मोबाइल सेवाहरू प्रदान गर्दै आएको छ । 

टेलिकम कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘देशमा जारी निर्देशन म्यानमारको दूरसञ्चार कानुनअन्तर्गत मान्य हुन्छ । तर, टेलिनरले म्यानमारको निर्देशनहरूको जरुरी र आनुपातिकताकालाई चुनौती दिएको छ ।’