• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

माल्दिभ्सको बढ्दो तापमानमा आलियाको फोटोशुट (फोटोफिचर)



काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला व्यस्त शुटिङबाट समय निकालेर माल्दिभ्स पुगेकी छिन् । उनी आफ्नो केटी ग्रुपसँग समय बिताउन माल्दिभ्स पुगेकी हुन् । उनको साथमा रहेको नजिकको मित्रहरु आकंशा रंजन कपूर र अनुष्का रंजन कपूरसँग रमाइरहेकी देख्न सकिन्छ । 

चिसो मौसममा उनले माल्दिभ्सको तातोलाई आफ्नो गन्तव्य बनाएकी छन् । इन्स्टाग्राममा उनको फोटोशुटसँगै उनको साथिहरुको पनि रोमाञ्चक तस्वीरहरू साझेदारी गरेकी छिन् । समुद्री किनारको  क्रिस्टल निलो पानीमा आलियाले फोटोहरू लिएकी छिन् ।