१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

नास्तिकता बढाउन विदेशी पैसा प्रयोग भएकोबारे छानबिन गरेर कारबाही होस् : कमल थापा



अ+ अ-

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा धर्म परिबर्तन डरलाग्दो समस्या भएको भन्दै यसले सामाजिक सद्भाव र एकता भड्काउने काम गरेकोमा चिन्ता प्रकट गर्नुभएको छ ।

प्रशिक्षणको क्रममा विभिन्न जिल्लाहरुको भ्रमणमा गृह जिल्ला हेटौंडा पुग्नुभएका थापाले सन्चारकर्मीहरुसँग कुरा गर्दै अमेरिकी संसदमा समेत नेपालको बारेमा प्रश्न उठेको भन्दै नास्तिकता बढाउन भएको आर्थिक लगानी बारे सरकारले तत्काल छानबिन गरेर कार्बाही गर्नुपर्नेमा जोड दिनुभयो ।

संघीय धर्म निरपेक्ष गणतन्त्र असफल साबित भएको भन्दै अहिलेको ब्यबस्था र प्रणाली भ्रष्टतन्त्रमा रुपान्तरण भएको चर्चा गर्दै थापाले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मार्गचित्रले मात्र मुलुक स्थिर र प्रगतितर्फ जाने स्पष्ट पार्नुभयो ।

संघीयताको अनावश्यक भारी देशले थाम्न नसक्ने भन्दै संघीयता खारेज गर्नुपर्ने बताउनु भयो । कार्यनीतिका कारण राप्रपासङ्गको एकता क्षिण बन्दै गएको भन्दै उहाले राप्रपा सत्ता केन्द्रित मानसिकताबाट ग्रस्त भएको टिप्पणी गर्नुभयो। अहिले देशको ब्यबस्था र अबस्था परिबर्तन गर्न आन्दोलन आबश्यक भएको भन्दै थापाले सबै राष्ट्रबादी शक्ति बिच बृहत मोर्चा बन्नु पर्ने आबश्यकता औल्याउनुभयो ।

कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला, माधब खत्री, डम्बर शिवाकोटी , रामसुन्दर बिष्ट , श्याम नेपाल लगायतको उपस्थिति रहेको थियो ।