२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई इन्डियन्सले हैदरावादसँग खेल हार्नुको कारण



अ+ अ-

एजेन्सी । बुधबार इन्डियन प्रिमियर लिग–२०२४ मा सनराइजर्स हैदरावादले पहिलो जित हासिल गर्यो । टोलीले जारी सिजनको आठौं खेलमा मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको हो ।

राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका थिए । ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो ।

हैदराबादले आईपीएल इतिहासमा सर्वाधिक रन बनायो । यसअघिको कीर्तिमान आरसीबीको नाममा थियो । बैंगलोरले २०१३ सिजनमा पुणे वारियर्सविरुद्ध २६३ रन बनाएको थियो । खेलको प्लेयर अफ द म्याच अभिषेक शर्मा भए ।

जवाफमा उत्कृष्ट ब्याटिङ गरेपनि मुम्बई इन्डियन्सले लक्ष्यभन्दा ३२ रन कम बनाउदा हार्न पुग्यो । टोलीले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनाएको थियो ।

हैदराबादबाट ३ अर्धशतक, मुम्बईबाट एक

हैदरावादका लागि अभिषेक शर्माले २३ बलमा ६३ रन, ट्राभिस हेडले २४ बलमा ६२ रन र हेनरिक क्लासेनले ३४ बलमा ८० रन बनाए । एडेन मार्करामले २८ बलमा ४२ रनको योगदान दिए । मुम्बईका हार्दिक पाण्डेय, जेराल्ड कुटिज र पियुष चावलाले एक एक विकेट लिए ।

मुम्बई इन्डियन्सका तर्फबाट तिलक वर्माले ३४ बलमा ६४ रन, टिम डेभिडले २२ बलमा ४४ र इशान किशनले १३ बलमा ३० रन बनाए । हैदरावादका लागि प्याट कमिन्स र जयदेव उनाडकटले २–२ विकेट लिए ।

मुम्बईको हारको कारण

हेडको क्याच छोडियो:

दोस्रो ओभरमा हार्दिक पाण्ड्याको बलमा टिम डेभिडले ट्राभिस हेडको क्याच छोडेका थिए । यसपछि उनले २४ बलमा ६२ रनको विस्फोटक इनिङ खेले।

मयंकको विकेट पछि कुनै दबाब थिएन:

हार्दिक पाण्ड्याले पाँचौं ओभरको पहिलो बलमा मयंक अग्रवालको विकेट लिएका थिए । त्यतिबेला हैदरावादको स्कोर ४५ रन थियो । छैटौं ओभरमा बलिङ गर्न आएका जेराल्ड कुट्जीले दबाब सिर्जना गर्न सकेनन् । उनले उक्त ओभरमा २४ रन दिएका थिए । पावरप्ले सकिएपछि अभिषेक शर्मा र ट्राभिस हेडले आक्रमक ब्याटिङ गरे ।

अन्तिम ९ ओभरमा विकेट लिन सकेन:

मुम्बईले अन्तिम ९ ओभरमा कुनै विकेट लिन सकेन । यस्तो अवस्थामा हैदरावाद प्रतियोगिताको सबैभन्दा ठूलो स्कोर बनाउन सफल भयो।

बुमराह बाहेक सबै बलर महँगो भए: जसप्रित बुमराह बाहेक मुम्बईका सबै बलरहरूले १० भन्दा बढीको ईकोनोमिमा रन दिएका थिए । बुमराहले ४ ओभरमा ३६ रन दिए । क्वाना माफाकाले ४ ओभरमा ६६, कुट्जीले ५७ र हार्दिकले ४६ रन दिएका थिए ।

मुम्बईका ब्याट्सम्यानले विस्फोटक सुरुवातलाई अगाडि बढाउन सकेनन्:

२७८ रनको लक्ष्य पाएको मुम्बईले जवाफमा विस्फोटक सुरुवात गरेको थियो । रोहित र किशनको जोडीले २० बलमा ५६ रनको उत्कृष्ट साझेदारी गरे । तेस्रो ओभरमा टोलीले ५० रन बनाएको थियो । त्यसपछि पनि तिलक र नमनले ११ ओभरमा टोलीको स्कोर १५० रनमा पुर्याएका थिए । तर टोलीका फिनिशरले राम्रो नखेल्दा खेल जित्न सकेनन् ।

कप्तान हार्दिकको ढिलो ब्याटिङ:

रन चेजमा मुम्बईका ७ मध्ये ६ ब्याट्सम्यानले १८०ं को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । तर कप्तान हार्दिक पाण्ड्याले १२० को स्ट्राइक रेटमा रन बनाए । उनले २० बलमा २४ रन बनाए, जसले दुवै टोलीबीचको नतिजा निम्त्यायो।