९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत

काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत
अ अ+ अ-

काठमाडाैँ । काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ ।महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण शुरु भएको छोटो अवधिमा नै उलेख्य प्रगति भएको हो ।

भवन निर्माण शुरु भएको ९४ दिनमा नै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिनुभयो । उहाँकाअनुसार गत चैत २२ गतेदेखि भवन निर्माणको कार्य शुरु भएको हो । हाल बेसमेन्ट निर्माण सम्पन्न भएर बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

भवनको संरचना निर्माण कार्य तिब्र गतिमा अघि बढाइएकोले तोकिएको समय अगाडी नै निर्माण सक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । २०८४ कार्तिक २२ गतेभित्र भवन निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको उहाँले बताउनु भयो ।

उहाँकाअनुसार हाल निर्माणस्थलमा ७० जना दक्ष तथा अदक्ष कामदार खटिएका छन् । साथै, प्रोजेक्ट म्यानेजर, साइट सुपरभाइजरलगायत १० जना प्राविधिक जनशक्ति परिचालन गरिएको छ । निर्माणस्थलमा आवश्यक सबै सुरक्षा मापदण्ड र सेफ्टी प्रोटोकल पालना गर्दै काम भइरहेको उहाँले बताउनु भयो ।

महानगरको करिव ६ रोपनीको जग्गामा आठ तले प्रशासनिक भवन निर्माण हुँदैछ । उक्त निर्माणाधिण भवनको बुधवार काठमाडौ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन समेत गर्नुभएको छ । उहाँले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभयो ।