१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर

सुदूरपश्चिम प्रदेशः  अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
अ अ+ अ-

काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको करिब ६२.२६ प्रतिशतमात्र खर्च गरेको छ । चालुतर्फको खर्च अपेक्षाकृत सन्तोषजनक रहे पनि विकास निर्माण तथा योजना कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने ६० प्रतिशतभन्दा तल सीमित भएको छ । प्रदेश लेखानियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार प्रदेश सरकारले रु ३३ अर्ब ४३ करोड २५ लाख ३३ हजार बजेटमध्ये रु २० अर्ब ८१ करोड ५१ लाख ११ हजार ६२ खर्च गरेको छ ।

यो कुल बजेटको ६२.२६ प्रतिशत हो । यसमा चालुतर्फ रु १३ अर्ब ५९ करोड २८ लाख ४७ हजार ४०० विनियोजन गरिएकामा रु नौ अर्ब २४ करोड ८६ लाख ३८ हजार ९३७ अर्थात् ६८.०४ प्रतिशत खर्च भएको छ । यस्तै, पुँजीगततर्फ रु १९ अर्ब ८२ करोड ९६ लाख ८६ हजार विनियोजन गरिएकामा रु ११ अर्ब ५६ करोड ६४ लाख ७२ हजार १२४ अर्थात् ५८.३३ प्रतिशत खर्च भएको छ । मन्त्रालयगत आधारमा सामाजिक विकास मन्त्रालयले चालुतर्फ ७६.३५ र पुँजीगततर्फ ६३.६१ प्रतिशत गरी समग्रमा ७१.५३ प्रतिशत खर्च गरेको छ ।

मन्त्रालयका लागि चालुतर्फ रु चार अर्ब ११ करोड ६० लाख ५४ हजार ४०० र पुँजीगततर्फ रु दुई अर्ब ५० करोड ७२ लाख ९४ हजार ११७ विनियोजन गरिएको थियो । त्यसपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालुतर्फ ६८.८९ प्रतिशत र पुँजीगततर्फ ७३.६७ प्रतिशत खर्चसहित ७१.४६ प्रतिशत खर्च भएको छ । यस मन्त्रालयका लागि चालुतर्फ रु एक अर्ब दुई करोड ५६ लाख ५६ हजार ३७५ र पुँजीगततर्फ रु एक अर्ब १९ करोड ५३ लाख १४ हजार ९८६ विनियोजन गरिएको थियो । यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुतर्फ ६५.१० र पुँजीगततर्फ ५९.८४ गरी ६०.०५ प्रतिशत खर्च गरेको छ ।

यस मन्त्रालयका लागि चालुतर्फ रु छ अर्ब २० लाख छ हजार ४७० र पुँजीगततर्फ रु एक अर्ब ४६ करोड ८४ लाख २३ हजार विनियोजन गरिएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालुतर्फ ५९.५० र पुँजीगततर्फ ५१.७६ गरी ५८.६८ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को चालु ५१.५४ र पुँजीगत ५२.९८ गरी ५१.८० प्रतिशत रकम खर्च भएको छ । यस्तै, आर्थिक मामिला मन्त्रालयको चालु ५३.९८ र पुँजीगत ३८.३१ गरी ५२.०५ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु २९.४३ र पुँजीगत ३१.७२ गरी कुल ३०.७६ प्रतिशत खर्च भएको छ । सबैभन्दा कम खर्च गर्ने कानुन मन्त्रालयका लागि चालुतर्फ रु एक अर्ब ४३ करोड २४ लाख सात हजार ८०० र पुँजीगततर्फ रु एक अर्ब ९७ करोड ४४ लाख तीन हजार विनियोजन गरिएको थियो ।

प्रदेशका निकायगत विवरणअनुसार सबैभन्दा बढी प्रदेश व्यवस्थापिकाका लागि कुल रु १९ करोड १५ लाख ७६ हजार १८७ बजेट विनियोजन गरिएकामा चालुतर्फ ७५.३९ र पुँजीगत ५६.१८ गरी ७३.१८ प्रतिशत खर्च भएको छ । यस्तै, प्रदेश लोकसेवा आयोगका लागि रु ११ करोड ९५ लाख ५० हजार बजेट विनियोजन गरिएकामा चालुतर्फ ५६.४३ र पुँजीगत ९९.७७ प्रतिशत खर्च भएको छ भने प्रदेश नीति तथा योजना आयोगका लागि रु पाँच करोड ९४ लाख ४३ हजार विनियोजन गरिएकामा चालुतर्फ ४९.६६ र पुँजीगत ७८.१२ प्रतिशत खर्च भएको छ । प्रदेशले स्थानीय तहका लागि विनियोजन गरेको रु तीन अर्ब ६३ करोड ९५ लाख ५० हजारमध्ये रु दुई अर्ब ७४ करोड ९५ लाख १२ हजार ३५७ अर्थात् ७५.५५ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।

लेखा नियन्त्रक वासुदेव जोशीले पूर्वाधार विकास, निर्माणाधीन आयोजना र विकास कार्यक्रमको कार्यान्वयन अपेक्षित गतिमा हुन नसकेकाले प्रदेश सरकारको समग्र पुँजीगत खर्च ६० प्रतिशतभन्दा तल सीमित हुन पुगेको बताउनुभयो । हरेक वर्षजस्तै चालु खर्च हुने र पुँजीगत खर्च कमजोर रहने प्रवृत्ति यस वर्ष पनि दोहोरिएको उहाँले बताउनुभयो । लेखानियन्त्रक जोशीले भन्नुभयो “विगतका वर्षहरूका आधारमा समेत हाम्रो समग्र खर्च क्षमता औसतमा ६० देखि ७० र पुँजीगततर्फ ६० प्रतिशतमुनि नै हो ।

गत वर्ष भने समग्रमा ६९ प्रतिशत र पुँजीगततर्फ करिब ६७ प्रतिशत भयो, तर यस वर्ष जेनजी आन्दोलन, कर्मचारीको अभावलगायत कारणले केही समस्या भएको देखिन्छ ।” अब तयारी पुगेका योजनामा बजेट विनियोजन, समयमै कार्यान्वयन, खरिद तथा ठेक्का व्यवस्थापन प्रक्रिया सुधार्ने र आयोजना व्यवस्थापनलाई प्रभावकारी बनाउन सके प्रदेशको पुँजीगत खर्चमा उल्लेख्य सुधार ल्याउन सकिने उहाँको विश्वास छ । रासस