२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग सरकारको ३० हजार मेगावाट लक्ष्य सफल बनाउन नीतिगत सुधार आवश्यक छ : सांसद पराजुली अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप छनोटः आज बहराइनसँग दोस्रो लेग खेल्दै नेपाल



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप छनोटमा दोस्रो चरणको चौथो खेल अन्तर्गत दोस्रो लेगमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बहराइनबीचको खेल राति १२ः४५ देखि बहराइन राष्ट्रिय रंगशालामा सुरु हुनेछ ।

विश्वकप र एसिया कप छनोटको सम्भावना जीवित राख्न नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । यदि बहराइनसँग यो खेल गुमाएमा दुई खेल अगावै नेपालको विश्वकप र एसिया कप छनोट यात्रा समाप्त हुनेछ । नेपाल बहराइनसँगको पहिला लेगमा ५–० ले पराजित भएको थियो ।

यस्तै, नेपालले दोस्रो चरणअन्तर्गत पहिलो खेलमा यूएईसँग ४–० र यमनसँग २–० को हार बेहोरेको थियो । नेपालले पहिलो चरणमा लाओसलाई एग्रिगेटमा २–१ ले हराउँदै दोस्रो चरणको यात्रा गरेको थियो ।

अंकविहीन नेपाल तालिकाको पुछारमा रहेको छ । नेपाल रहेको समूह ‘ए’ को तालिकाको यूएई शीर्ष स्थानमा रहेको छ । उसको ३ खेलबाट ९ अंक छ । यस्तै, बहराइन दोस्रो र यमन तेस्रो स्थानमा छ ।