३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मंगलबार २९.०१ अंकले घटेर नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार बराबरको शेयर कारोबार

मंगलबार २९.०१ अंकले घटेर नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार बराबरको शेयर कारोबार
अ+ अ-

काठमाडौं । शेयर कारोबार दुई दिन देखि लगातार बढेको कारोबार आज तेस्रो दिन भने करेक्सन भएको छ । यो दिन नेप्से परिसूचक १.१३ प्रतिशतले घटेर २९.०१ अंकमा पुगेको बजार २ हजार ५३२.४६ विन्दुमा झरेको छ । 

सोमबार ३७.४८ अंक बढेर २ हजार ५६१.४७ विन्दुमा बन्द भएको बजार मंगलबार २ हजार ५६२.४३ विन्दुदेखि खुला भएको थियो । कारोबार शुरु भएको ८ मिनेटमै २ हजार ५८५.१५ विन्दुमा पुगेको बजार घटेर बन्द भएको हो । यो दिन १२ बजेर २१ मिनेटपछि १ बजेर २ मिनेटसम्म टिएमएसमा समस्या आएको भन्दै कारोबार बन्द गरिएको थियो ।

नेप्सेले प्राविधिक समस्याका कारण कारोबार रोक्का भएकाले ३५ मिनेटको अवधि थप गरी ३ बजेर ३५ मिनेटसम्म कारोबार खुला गरेको छ । यसदिन ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४.८९ अंक घटेर ४६१.७० विन्दुमा झरेको छ ।

प्राविधिक समस्याकाबीच पनि यो दिन रू. ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार बराबरको शेयर कारोबार भएको छ । यसदिन १९४ वटा कम्पनीको ७१ हजार ११२ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता शेयर कारोबार भएको हो ।  

यसदिन सर्वाधिक रकमको शेयर कारोबार ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । उक्त कम्पनीको रू. ३४ करोड ७१ लाख ८२ हजार बराबरको ३ लाख २० हजार २९ कित्ता शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य पनि यस दिन प्रतिकित्ता रू. ३४ ले बढेर रू. १ हजार १२० कायम भएको छ ।

दैनिकरुपमा ऐतिहासिक रेकर्ड बनाइरहेको बजार दोहोरो अंकले घटेपनि जानकारहरुले यसलाई करेक्सनकोरुपमा लिएका छन् । बैंकिङ सेक्टर बल्ल बढ्न लागेको भन्दै उनिहरुले बजार करेक्सन हुदैं अघि बढ्ने विश्वास व्यक्त गरेका हुन् । साथै मंगलबारको कारोबार प्राविधिक समस्याबाट पनि प्रभावित भएको जानकारहरुको भनाइ छ ।

निरन्तर बढेको बजारमा अल्पकालिन लगानीकर्ताहरुले नाफा बुक गर्नु स्वभाविक हुने हुदाँ त्यसबाट बजार करेक्सन हुनुलाई सामान्य रुपमा लिन पनि उनिहरुले आग्रह गरेका छन् ।

मंगलबारको बजारबाट वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने लघुवित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो दिन वित्त समूहको परिसूचक १.१ प्रतिशत बढेको हो भने लघुवित्त समूहको परिसूचक सर्वाधिक २.७८ प्रतिशत घटेको हो । वित्त समूहसँगै यो दिन विकास बैंक समूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ । 

कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक मंगलबार घटेको हो । यो दिन बैंकिङको ०.५३ प्रतिशत, व्यापारिकको १.६ प्रतिशत, होटलको १.५५ प्रतिशत, जलविद्युतको १.४९ प्रतिशत, निर्जीवन बीमाको १.७७ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.६२ प्रतिशत, अन्यको १.६१ प्रतिशत, जीवन बीमाको १.४५ प्रतिशत र म्युचुअल फण्डको ०.१४ प्रतिशत परिसूचक घटेको हो ।

दोहोरो अंकले घटेको बजारमा तीन वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गुडवील फाइनान्स, श्री इन्भेष्टमेण्ट फाइनान्स र समृद्धि फाइनान्सको शेयरमूल्यमा यो दिन उच्च वृद्धि भएको हो ।

गुडवील फाइनानसको ९.९२ प्रतिशतले बढेर अन्तिम मूल्य रू. २८८, श्री इन्भेष्टमेण्ट फाइनान्सको ९.६५ प्रतिशत बढेर अन्तिम मूल्य रू. २५० र समृद्धि फाइनान्सको ९.५२ प्रतिशत बढेर अन्तिम मूल्य रू. १८४ पुगेको हो । यो दिन सपोर्ट माइक्रोफाइनान्स, निर्धन उत्थान र माउण्टेन इनर्जी नेपालको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

सपोर्ट माइक्रोफाइनान्सको ५.८२ प्रतिशतले घटेर अन्तिम मूल्य रू. २ हजार ३९७, निर्धन उत्थान लघुवित्तको ५.८१ प्रतिशत घटेर अन्तिम मूल्य रू. १ हजार ५३९ र माउण्टेन इनर्जीको ५.१९ प्रतिशत घटेर अन्तिम मूल्य रू. ६४० कायम भएको हो ।