२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मिलानलाई हराउँदै युभेन्टस कोपा इटालियाको फाइनलमा



अ+ अ-

मिलान । मंगलबार युभेन्टसले समग्रमा इन्टर मिलानलाई २–१ ले हराएर कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगको नतिजा गोलरहित बराबरी रह्यो ।  

युभेन्टस पहिलो लेगमा २–१ ले अगाडि थियो । यो नतिजा नै उसलाई फाइनल पुग्न पर्याप्त रह्यो । युभेन्टस कोपा इटालियाको फाइनल पुगेको यो लगातार दोस्रो वर्ष हो ।

फाइनलमा युभेन्टसको प्रतिद्वन्द्वी एटलान्टा अथवा नेपोली हुनेछ । ती दुई क्लबको सेमिफाइनल दोस्रो लेग बुधबार हुनेछ । पहिलो लेग गोलरहित बराबरीमा रहेको छ ।