२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेभियासँग बार्सिलोनाको हार



अ+ अ-

म्याड्रिड । जुलेस कोन्डे र इभान राकिटिचले आफ्नै पूर्वक्लबविरुद्ध गरेको गोलमा सेभियाले कोपा डेल रेको पहिलो लेगको सेमिफाइनलमा बुधबार बार्सिलोनालाई २–० ले पराजित गरेको छ ।

पछिल्लो अगस्टमा बार्सिलोनामा ११ उपाधि जितेर सेभिया लागेका राकिटेचले ८५औं मिनेटमा गोल गर्दै जित निश्चित गरे । लियोनल मेसी खेलको अन्त्यतिर बार्सिलोनाका लागि गोल गर्ने राम्रो अवसरमा चुके ।

आफ्नो घरेलु मैदानमा प्राप्त यस जितपछि सेभिया फाइनल प्रवेशका लागि बलियो दाबेदार बनेको छ । अब दोस्रो लेगको सेमिफाइनल मार्च ३ मा नुक्याम्पमा हुनेछ ।