९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ महिनामा एसियन लाइफको नाफा ४५.०२ प्रतिशत बढ्यो



अ+ अ-

काठमाडौं । ६ महिनामा एसियन लाइफ इन्सुरेन्सको खुद नाफा ४५.०२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ६० लाख ५४ हजार रुपैयाँ पुर्याएको हो ।

गत वर्ष एसियन लाइफको खुद नाफा १२ करोड १३ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।  साथै खुद बिमा शुल्क आम्दानी पनि ३७.१९ प्रतिशतले बढेर पुस मसान्तसम्म ३ अर्ब १३ करोड ६२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले २ अर्ब २८ करोड ६० लाख ५६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
 
एसियनको जीवन बिमा कोष १९ अर्ब ३१ करोड ७२ लाख रुपैयाँबाट बढेर २४ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले पुसमसान्तसम्म महाविपत्ति कोषमा ७ करोड ८८ लाख रुपैयाँ छुट्याएको छ । यस्तै, रिजर्भ कोषमा ७२ करोड ३१ लाख २० हजार रुपैयाँ छ । 

एसियनको प्रतिसेयर आम्दानी (वार्षिक) १७ रुपैयाँ ५१ पैसा र प्रतिसेयर १३९ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै चुक्ता पुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको छ ।