• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रधानमन्त्री ओली निर्माणाधीन प्रधानमन्त्री कार्यालय र धरहरा निरीक्षणमा निस्केपछि (फोटो फिचर)



काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको निरीक्षण गर्नुभएको छ । बिहीबार प्रधानमन्त्री ओलीले पुनर्निर्माण भइरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको अवलोकन गर्नुभएको हो । 

भुकम्पको कारण क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको पुर्ननिर्माण भईरहेको छ । सिंहदरबारको पुर्ननिर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । सिंहदरबारको पुनर्निर्माणको काम सकेर फागुन ३ गते उद्घाटन गर्ने ज्ञवालीले जानकारी दिनुभयो । धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिनुभएको ज्ञवालीले बताउनुभयो ।

धरहराको २१ तलासम्मको पुनर्निर्माणसम्मको काम सम्पन्न भइसकेको र बाँकी रहेको दुई तलाको निर्माण कार्य फागुन महिना भित्रै सम्पन्न गर्नेगरी काम अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।